खोटाङका १० वटै स्थानीय तहमा बेरुजु « Khabarhub

खोटाङका १० वटै स्थानीय तहमा बेरुजु


३० असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङका स्थानीय तहमा बेरुजुको चाङ देखिएको छ । महालेखा परीक्षकको कार्यालय काठमाडौँले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको आर्थिक वर्ष २०७७/०७८ को लेखा परीक्षण प्रतिवेदनमा जिल्लाका १० वटै स्थानीय तहमा बेरुजुको चाङ देखिएको हो । महालेखा परीक्षकको ५९औं वार्षिक प्रतिवेदनमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा ७ करोड ५२ लाख ९७ हजार बेरुजु रहेको औंल्याइएको छ । 

२ अर्ब ३ करोड ५३ लाख ७२ हजारको लेखा परीक्षण गर्दा दिक्तेल रूपाकोट मझुवागढीमा ३.७० प्रतिशत बेरुजु देखिएको हो । अघिल्लो वर्षको जिम्मेवारी सरेर आएको ७ करोड ६४ लाख ४१ हजार सहित आर्थिक वर्ष २०७७/०७८ मा कुल १ अर्ब ६ करोड २५ लाख २४ हजार आय भएको नगरपालिकामा ९७ करोड २८ लाख ४८ हजार भएको थियो । 

यस्तै, हलेसी तुवाचुङ नगरपालिकामा ५ करोड ४४ लाख ५१ हजार बेरुजु देखिएको छ । लेखा परिक्षण रकम १ अर्ब २० करोड ३ लाख २८ हजार रहेको हलेसी तुवाचुङमा ४.५४ प्रतिशत बेरुजु देखाइएको छ । गत वर्षको जिम्मेवारी सरेर आएको ५ करोड ५१ लाख २ हजार सहित ६० करोड १२ लाख ५४ हजार आम्दानी भएको सो नगरपालिकामा ५९ करोड ९० लाख ७४ हजार खर्च भएको थियो ।

महालेखाले केपिलासगढी गाउँपालिकामा ५ करोड ६ लाख १२ हजार बेरुजु देखाएको छ । ८० करोड २१ लाख ९९ हजारको लेखा परीक्षण गर्दा ६.३१ प्रतिशत बेरुजु औँल्याइएको हो । अघिल्लो वर्ष जिम्मेवारी सरेर आएको ५ करोड ४ लाख २४ हजार सहित जम्मा ४१ करोड ६८ लाख ५१ हजार आय भएको केपिलासगढीमा ३८ करोड ५३ लाख ४८ हजार खर्च भएको थियो । 

यस्तै, खोटेहाङ गाउँपालिकामा ३ करोड ३ लाख ७४ हजार बेरुजु देखिएको छ । महालेखाले १ अर्ब २ करोड २४ लाख ६७ हजारको लेखा परीक्षण गर्दा २.९७ बेरुजु भेट्टाएको हो । जिम्मेवारी सरेर आएको ४ करोड २० लाख ११ हजार सहित जम्मा ५३ करोड ८० लाख ३१ हजार आम्दानी भएकोमा ४८ करोड ४४ लाख ३६ हजार खर्च भएको थियो । 

जन्तेढुंगा गाउँपालिकामा ५ करोड ३६ लाख ८२ हजार बेरुजु देखाइएको छ । ७८ करोड ६६ लाख ५३ हजारको लेखा परीक्षण गर्दा ६.८२ प्रतिशत बेरुजु देखिएको हो । जिम्मेवारी सरेर आएको २ करोड ५९ लाख २३ हजार सहित जम्मा ३८ करोड ५८ लाख २२ हजार आम्दानी भएको गाउँपालिकाले ४० करोड ८ लाख ३१ हजार खर्च गरेको थियो ।

महालेखाका अनुसार दिप्रुङ चुईचुम्मा गाउँपालिकामा ३ करोड ३७ लाख ८३ हजार बेरुजु देखिएको छ । १ अर्ब ७ करोड ६२ लाख ११ हजारको लेखा परीक्षण गर्दा ३.१४ प्रतिशत बेरुजु भेट्टाइएको थियो । जिम्मेवारी सरेर आएको ८२ लाख ७१ हजार सहित जम्मा ५९ करोड २७ लाख ४ हजार आय भएको गाउँपालिकाले ४८ करोड ३५ लाख ७ हजार खर्च गरेको थियो । 

यस्तै, बराहपोखरी गाउँपालिकामा ४ करोड ३१ लाख ८५ हजार बेरुजु पाइएको छ । ६४ करोड ८८ लाख २९ हजारको लेख परीक्षण गर्दा ६.६६ प्रतिशत बेरुजु देखिएको हो । जिम्मेवारी सरेर आएको ६ करोड ९८ लाख ८२ हजार सहित ३० करोड ८४ लाख ८० हजार आम्दानी भएको बराहपोखरीले ३४ करोड ३ लाख ४९ हजार खर्च गरेको थियो ।

रावाबेँसी गाउँपालिकामा २ करोड ४९ लाख ३३ हजार बेरुजु औंल्याइएको छ । महालेखाले ७४ करोड ३८ लाख ९० हजारको लेखा परीक्षण गर्दा ३.३५ बेरुजु भेटेको हो । अघिल्लो वर्षको जिम्मेवारी सरेर आएको ४ करोड ५८ लाख ३९ हजार सहित जम्मा ३६ करोड ९८ लाख ७० हजार आय भएको गाउँपालिकाले ३७ करोड ४० लाख २० हजार खर्च गरेको थियो । 

साकेला गाउँपालिकामा १ करोड ४६ लाख ८६ हजार देखिएको छ । ६८ करोड ९९ लाख ९५ हजारको लेखा परीक्षण गर्दा २.१३ प्रतिशत बेरुजु पाइएको महालेखाको प्रतिवेदनमा उल्लेख छ । जिम्मेवारी सरेर आएको २ करोड ६३ लाख ५९ हजार सहित जम्मा ३४ करोड ६० लाख २० हजार आम्दानी भएको गाउँपालिकामा ३४ करोड ३९ लाख ७५ हजार खर्च भएको थियो । 

प्रकाशित मिति : ३० असार २०७९, बिहीबार  ४ : ५८ बजे

सप्तकोशी कटानको दोहोरो त्रासमा चिलिया टापु, ६ सय परिवार उच्च जोखिममा

काठमाडौँ – सुनसरी र उदयपुरको सिमानामा पर्ने बराहक्षेत्र तथा बेलका

इन्फान्टिनोलाई हटाउने अभियानप्रति फिफाको आपत्ति

काठमाडौँ – फिफाका अध्यक्ष जियानी इन्फान्टिनोलाई पदबाट हटाउन चलिरहेको अभियानप्रति

एनपीएल तेस्रो संस्करण कात्तिक ९ देखि मङ्सिर ५ सम्म

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग

मध्यरातमा सांसद राजु पाण्डेले फेसबुकमा लेखे- ‘नाङ्गै जन्मेको थिएँ, नाङ्गै जल्ने छु’

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र आन्तरिक किचलो सतहमा

बजारमा अभाव देखिएपछि बढ्यो ग्यासको आयात

काठमाडौँ – उपत्यकालगायत देशका विभिन्न भागमा केही दिनयता देखिएको खाना