शाहरुखको ‘जवान’ मा विजयको इन्ट्री  « Khabarhub

शाहरुखको ‘जवान’ मा विजयको इन्ट्री 


३० असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बलिउडमा बादशाहको उपनाम समेत पाएका अभिनेता शाहरुख खानको समय अहिले ठिकठाक छैन । उनले पछिल्लो समय अभिनय गरेको फिल्म ‘जिरो’ हो । त्यसपछि उनी पर्दामा आएका छैनन् । उनलाई यसै वर्ष रिलिज हुने ‘ब्रह्मास्त्र’ मा सानो भूमिकामा देख्न पाइने छ भने हालै फिल्म ‘रकेट्री’ मा देखियो । यी  फिल्ममा उनको केमियो मात्र छ । यसबाहेक उनी आउँदो वर्ष जोडदार कमब्याकको तयारीमा छन् ।

उनले आउँदो वर्ष पठान, जवान, डंकी जस्ता फिल्म मार्फत बलियो कमब्याक गर्न लागेका हुन् । उनको कमब्याकलाई अर्थपूर्ण रूपमा हेरिएको छ । किनकि उनले सोसल, एक्सन र थ्रिलर जनराको फिल्म गर्दैछन् ।

केही समय यता भारतीय फिल्म भनेर बलिउड भन्दा पनि दक्षिणी भारतीय फिल्मलाई चिनिन्छ । बाहुबली सिरिज, केजीएफ सिरिज, आरआरआर लगायतका फिल्मले बलिउडलाई छायामा पारेका छन् । यसलाई नजरअन्दाज नगर्दै शाहरुखले दक्षिण भारतीय निर्देशक एटलीसँग ‘जवान’ मा काम गरिरहेका छन् । यो फिल्म थ्रिलर हुनेछ ।

फिल्म हिन्दी, तमिल, तेलुगु, मलयालम, कन्नडा गरी पाँच भाषामा रिलिज हुनेछ । सो फिल्म आउँदो वर्षको जुनमा प्रदर्शन हुनेछ । फिल्ममा शाहरूखसँगै दक्षिण भारतीय अभिनेत्री नयनतारा देखिनेछिन् ।

फिल्ममा शाहरूख डबल रोलमा देखिनेछन् भने नयनतारा पुलिस अफिसरको भूमिकामा देखिनेछिन् । शाहरूख र नयनतारासँगै फिल्ममा सान्या मल्होत्रा र सुनिल ग्रोवरको पनि अभिनय रहनेछ । फिल्ममा साउथ इन्डियनका कलाकार विजय सेतुपति हुने तय भइसक्यो। अब फिल्ममा विजय थलपथी पनि जोडिने भएका छन्।

शाहरुखको कमब्याक फिल्मको रूपमा हेरिएकोले विजयले केमियो गर्ने सहमति दिएका छन्।  फिल्ममा अभिनय गरेवापत उनले कुनै शुल्क समेत लिने छैनन्। निर्देशक एटलीसँग विजयको नज्दिकी सम्बन्ध भएकाले पनि फिल्ममा उनको केमियो हुने भएको हो। साथै , फिल्मको डिजिटल राइट्स १ सय २० करोड भारतीय रुपैयाँमा विक्री भएको छ। यसको डिजिटल राइट्स ओटीटी जायन्ट नेटफ्लिक्सले लिएको हो । यो फिल्म हलमा रिलिज भएको चार देखि आठ साताभित्र नेटफ्लिक्समा स्ट्रिमिङ हुने जनाइएको छ ।

प्रकाशित मिति : ३० असार २०७९, बिहीबार  ४ : ५४ बजे

महिलालाई आत्मनिर्भर बनाउन बङ्गुरपालनमा अनुदान

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाका महिला व्यावसायिक बङ्गुरपालनतर्फ आकर्षित भएका पाइएको

 बाढीपहिरोले देशका विभिन्न सडक अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका गएको बाढीपहिरोले विभिन्न

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

झापा– झापामा टिपरको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ

आठ घण्टापछि खुल्यो मुग्लिन-काठमाडौँ सडक

काठमाडौँ– पृथ्वीराजमार्ग अन्तर्गत चितवनको सिमलधारामा खसेको सुक्खा पहिरो पन्छाइएपछि नारायणगढ–काठमाडौँ

दाजुभाइको दीर्घायुको कामना गर्दै रानाथारू महिलाले मनाए तीज

कञ्चनपुर– छुट्टै पहिचान र मौलिक संस्कृति रहेको रानाथारू समुदायका महिलाहरूले