शाहरुखको 'जवान' मा विजयको इन्ट्री  | Khabarhub Khabarhub

शाहरुखको ‘जवान’ मा विजयको इन्ट्री 


३० असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बलिउडमा बादशाहको उपनाम समेत पाएका अभिनेता शाहरुख खानको समय अहिले ठिकठाक छैन । उनले पछिल्लो समय अभिनय गरेको फिल्म ‘जिरो’ हो । त्यसपछि उनी पर्दामा आएका छैनन् । उनलाई यसै वर्ष रिलिज हुने ‘ब्रह्मास्त्र’ मा सानो भूमिकामा देख्न पाइने छ भने हालै फिल्म ‘रकेट्री’ मा देखियो । यी  फिल्ममा उनको केमियो मात्र छ । यसबाहेक उनी आउँदो वर्ष जोडदार कमब्याकको तयारीमा छन् ।

उनले आउँदो वर्ष पठान, जवान, डंकी जस्ता फिल्म मार्फत बलियो कमब्याक गर्न लागेका हुन् । उनको कमब्याकलाई अर्थपूर्ण रूपमा हेरिएको छ । किनकि उनले सोसल, एक्सन र थ्रिलर जनराको फिल्म गर्दैछन् ।

केही समय यता भारतीय फिल्म भनेर बलिउड भन्दा पनि दक्षिणी भारतीय फिल्मलाई चिनिन्छ । बाहुबली सिरिज, केजीएफ सिरिज, आरआरआर लगायतका फिल्मले बलिउडलाई छायामा पारेका छन् । यसलाई नजरअन्दाज नगर्दै शाहरुखले दक्षिण भारतीय निर्देशक एटलीसँग ‘जवान’ मा काम गरिरहेका छन् । यो फिल्म थ्रिलर हुनेछ ।

फिल्म हिन्दी, तमिल, तेलुगु, मलयालम, कन्नडा गरी पाँच भाषामा रिलिज हुनेछ । सो फिल्म आउँदो वर्षको जुनमा प्रदर्शन हुनेछ । फिल्ममा शाहरूखसँगै दक्षिण भारतीय अभिनेत्री नयनतारा देखिनेछिन् ।

फिल्ममा शाहरूख डबल रोलमा देखिनेछन् भने नयनतारा पुलिस अफिसरको भूमिकामा देखिनेछिन् । शाहरूख र नयनतारासँगै फिल्ममा सान्या मल्होत्रा र सुनिल ग्रोवरको पनि अभिनय रहनेछ । फिल्ममा साउथ इन्डियनका कलाकार विजय सेतुपति हुने तय भइसक्यो। अब फिल्ममा विजय थलपथी पनि जोडिने भएका छन्।

शाहरुखको कमब्याक फिल्मको रूपमा हेरिएकोले विजयले केमियो गर्ने सहमति दिएका छन्।  फिल्ममा अभिनय गरेवापत उनले कुनै शुल्क समेत लिने छैनन्। निर्देशक एटलीसँग विजयको नज्दिकी सम्बन्ध भएकाले पनि फिल्ममा उनको केमियो हुने भएको हो। साथै , फिल्मको डिजिटल राइट्स १ सय २० करोड भारतीय रुपैयाँमा विक्री भएको छ। यसको डिजिटल राइट्स ओटीटी जायन्ट नेटफ्लिक्सले लिएको हो । यो फिल्म हलमा रिलिज भएको चार देखि आठ साताभित्र नेटफ्लिक्समा स्ट्रिमिङ हुने जनाइएको छ ।

प्रकाशित मिति : ३० असार २०७९, बिहीबार  ४ : ५४ बजे

भीषण खडेरीपछि इरानले वर्षा गराउन क्लाउड सिडिङ सुरु

तेहरान– इरानी अधिकारीहरूले दशकौँयता देखिएको सबैभन्दा कडा खडेरीसँग जुध्न वर्षा

नौ सय ५७ ग्राम खैरो हिरोइनसहित चार जना पक्राउ

काठमाडौं– नेपाल प्रहरीले लागूऔषध खैरो हिरोइन ओसारपसार गरी बिक्री गर्ने

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

जाजरकोट– जुनिचाँदे गाउँपालिका-८ पंक बस्ने मन बहादुर थापाको घरमा आइतबार बिहान

सिधनियाघाटमा तीव्र गतिमा पक्की पुल निर्माण हुँदै

राँझा– नेपालगञ्ज-बघौडा हुलाकी सडकअन्तर्गत डुडुवा गाउँपालिका-५ स्थित राप्ती नदीको सिधनियाघाटमा फराकिलो

नवपुस्तालाई न्यायको अनुभूति दिलाउने गरी कार्य गर्न गृहमन्त्री अर्यालको कर्मचारीलाई निर्देशन

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले नवपुस्ताको जनभावना अनुप काम गर्न र