देउवाले पार्टीमा एकताको वातावरण बनाएनन् : अर्जुननरसिंह केसी « Khabarhub

देउवाले पार्टीमा एकताको वातावरण बनाएनन् : अर्जुननरसिंह केसी


३० असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले सभापति शेरबहादुर देउवाले पार्टीमा एकताको वातावरण बनाउन नसकेको आरोप लगाएका छन् ।

जारी केन्द्रीय कमिटीको बुधबारको बैठकमा पूर्व मन्त्रीसमेत रहेका केसीले ११ बुँदे असन्तुष्टिसहित सुझाव पेस गरेका छन् । देशभित्रको विविध विषयमा प्रधानमन्त्री समेत रहेका पार्टी सभापति देउवाको ध्यानाकर्षण गराएका छन् ।

गत मंसिरमा सम्पन्न पार्टीको १४औँ महाधिवेशनबाट नेताहरूको व्यवस्थापन भए पनि नीति महाधिवेशन गर्न नसक्नु वा नचाहनु, केन्द्रीय विभाग गठन र भातृ संस्थाहरूको अधिवेशन गरी पार्टीलाई पूर्णता दिन नसक्नुले नेतृत्वको योग्यता पुष्टि नहुने भन्दै असन्तुष्टि जनाएका छन् । पार्टीभित्रै नेतृत्वले नेता कार्यकर्तामाथि तिरस्कार गरेको भन्दै आपत्ति जनाएका छन्।

‘पार्टीभित्रको एक पक्षलाई उपेक्षा र तिरस्कार गरेर गठबन्धनका नाममा एकपक्षीय हितको सोच र स्वार्थले आजको चुनौती सामना गर्न र मुलुक, लोकतन्त्र र कांग्रेसको समग्र हित हुन सक्दैन भन्नेबारे सचेत हुन आवश्यक छ,’ केसीले लिखित धारणा राख्दै भनेका छन्।

उनले स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई गठबन्धनको वैशाखी आवश्यक थियो या थिएन भन्नेबारे बहस गर्नुपर्ने बताए। ‘स्थानीय तहको निर्वाचनको लागि कांग्रेसलाई गठबन्धनको बैसाखी आवश्यक थियो कि थिएन भन्ने व्यापक बहसको विषय बनेको हो,’ उनले थप भनेका छन्, ‘चुनावी गठबन्धन तत्कालीन रणनीतिमात्र हो। यो नै गन्तव्य र लक्ष्य होइन।’ उनले संघीय र प्रदेशको निर्वाचनमा कांग्रेसलाई गठबन्धन आवश्यक छ या छैन भन्नेबारे छलफल गरेर सम्मानजनक हैसियत रक्षा गर्ने स्पष्टता मापदण्ड बनाउनुपर्ने पनि बताएका छन्।

नेता केसीले देश दिनानुदिन आर्थिक संकटमा फस्दै गएको अवस्थामा सरकार हातहतियार किन्न उद्दत रहेको प्रति असन्तुष्टि जनाउँदै त्यसको औचित्य के भन्दै प्रश्न गरेका छन् । ‘देशमा आर्थिक संकट चुलिँदै गएको र विदेशी मुद्रा रित्तिँदै जान थालेको वित्तीय संकटका बेला ८४ करोड रुपैयाँ बराबरको विदेशी हात–हतियार किन्नुको के औचित्य छ ?’ केसीले भनेका छन् ।

उनले विदेश नीति र राष्ट्रिय सुरक्षा नीतिका विषयमा सरकारले सर्वदलीय छलफल गर्नुपर्ने, बजेट निर्माणका क्रममा बाहिरी मान्छेहरूको हस्तक्षेप रहेकोप्रति प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका छन् ।

प्रकाशित मिति : ३० असार २०७९, बिहीबार  ६ : ०८ बजे

स्वकीय सचिव राख्ने व्यवस्थाविरुद्ध साम्पाङ : ‘५ वर्षमा ५० करोड आर्थिक भार थोपरिन्छ’

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्कराज

इजरायल र लेबनानबीच तीन दशकपछि प्रत्यक्ष वार्ता, हिजबुल्लाह असन्तुष्ट

काठमाडौँ – इजरायल र लेबनानबीच तीन दशकयताकै पहिलो पटक उच्चस्तरीय

मधेशमा जुडशीतल पर्वको दोस्रो दिन : मान्यजनबाट शिरमा जलसेचन लिइँदै

महोत्तरी– मधेश प्रदेशमा मनाइने जुडशीतल पर्वको दोस्रो दिन आज मान्यजनबाट

२०८२ मा मुद्दती निक्षेपतर्फ ३४ प्रतिशतसम्मले घट्यो ब्याजदर, कुन बैंकको कति घट्यो ?

काठमाडौं– २०८२ सालमा बैंकिङ क्षेत्रको निक्षेपमा निक्षेपकर्ताले पाउने ब्याजमा ठूलो

विराट गोल्ड कप : सम्राट स्पोर्टिङ क्लब सेमिफाइनलमा प्रवेश

मोरङ– ३८औँ संस्करणको विराट गोल्ड कप फुटबल प्रतियोगितामा सम्राट स्पोर्टिङ