अमेरिकामा दुई जना ‘ब्रेन डेड’ बिरामीमा सुँगुरको मुटु प्रत्यारोपण « Khabarhub

अमेरिकामा दुई जना ‘ब्रेन डेड’ बिरामीमा सुँगुरको मुटु प्रत्यारोपण


३० असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकामा दुई जना ‘ब्रेन डेड’ मानिसहरुमा सुँगुरको मुटु प्रत्यारोपण गरिएको छ ।

चिकित्सकहरुले गत जुन १६ र जुलाई ६ मा न्युयोर्क विश्वविद्यालयको ल्याङ्गोन टिस अस्पतालमा ‘सेनोट्रान्सप्लान्ट’ भनिने यस्तो प्रत्यारोपण गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिकी टेलिभिजन नेटवर्क सीएनबीसीको अनलाइन संस्करणले जनाएअनुसार ल्याङ्गोन ट्रन्सप्लान्ट इन्स्टिच्युटका हृदय प्रत्यारोपण विभागका निर्देशक नादेर मोआजमीको नेतृत्वमा चिकित्सकहरुले यसबारे अनुसन्धान गरेका थिए ।

उक्त प्रत्यारोपण प्रक्रिया घण्टौँसम्म चलेको र बिरामीलाई तीन दिनसम्म निगरानीमा राखिएको जनाइएको छ । यसअनुसार हृदयको पहिलो ‘सेनोट्रान्सप्लान्ट’ जुन १९ र दोस्रो ‘सेनोट्रान्सप्लान्ट’ जुलाई ९ मा सकिएको थियो ।

प्रत्यारोपणपछि यी दुबै बिरामीको अवस्था सामान्य रहेको र उनीहरुलाई कुनै अतिरिक्त स्वास्थ्य सेवाको आवश्यकता नपरेको चिकित्सकहरुले जनाएका छन् ।

प्रकाशित मिति : ३० असार २०७९, बिहीबार  ६ : ५३ बजे

नेतृत्व छोड्न संस्थापनकै दबाब, खड्कालाई हस्तान्तरण गर्न पनि तयार भएनन् देउवा

काठमाडौं- नेपाली कांग्रेसको विवादले गम्भीर मोड लिइरहँदा सभापति शेरबहादुर देउवा

चौथो कृषि जैविक विविधता दिवसका अवसरमा बृहत् रैथाने कृषि मेला

काठमाडौं– यही माघ १ गते चौथो राष्ट्रिय कृषि जैविक विविधता

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित, भोलि बिहान ८ बजे बस्ने

काठमाडौं– सानेपामा सुरु भएको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक केही

यो विद्रोह हो : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशन नियमित कार्यक्रम