कृष्ण लीला ट्रेलर : फरक पुष्प, सस्पेन्स श्रद्धा (भिडियो)  « Khabarhub

कृष्ण लीला ट्रेलर : फरक पुष्प, सस्पेन्स श्रद्धा (भिडियो) 


३० असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आउँदो भदौ ३ गते कृष्ण जन्माष्टमीका दिनबाट प्रदर्शनमा आउने फिल्म  ‘कृष्णलीला’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा फिल्मका प्रमुख कलाकार पुष्प खड्का र नवनायिका श्रद्धा क्षेत्रीको प्रेम र बिछोडलाई प्राथमिकता दिइएको छ । ट्रेलरमा अभिनेता पुष्पलाई फरक गेटअपमा प्रस्तुत गरिएको छ । उनको बोल्ने शैली अन्य फिल्मको भन्दा फरक देखाइएको छ ।

ट्रेलर हेर्दा सुरुवाती समयमा पुष्प र श्रद्धा प्रेममा परे पनि पछि भने प्रहरी गेटअपमा देखिएकी श्रद्धाले पुष्पलाई खोजिरहेको देखाइएको छ । तर के कारणले उनीहरु अलग्गिए भन्ने थाहा पाउन फिल्म नै हेर्नुपर्ने हुन्छ । ट्रेलरमा बुद्धि तामाङ, रवीन्द्र झा, हिउँवाला गौतम, भावना गुरुङ, नवीन रेग्मीलाई पनि देखाइएको छ ।

अभिनेता पुष्पले ‘कृष्ण–लीला’ मा आफूले अत्यन्तै मिहिनेत गरेको स्मरण गर्दै फिल्मसँग दर्शक कनेक्ट हुने विश्वास जताए । उनले आफू कृष्णको शीर्ष भूमिकामा रहेको खुलाए । फिल्ममा श्रद्धाले लीलाको भूमिका निर्वाह गरेकी छिन्। निर्देशक दीपक वलीले आफूले मनोरञ्जनक फिल्म निर्माण गरेको बताए । ‘कृष्ण लीला’ को यसअघिको ‘ए मेरो हजुर’,‘त्यो कथामा एउटा राजा एउटी रानी’ र ‘डिएर बन्न मन छ मलाई’ श्रोता दर्शकले मन पराएका छन्।

अत्यधिक मन पराएकोमा धन्यवाद व्यक्त गर्दै फिल्म हेरेर प्रतिक्रिया दिन आग्रह गरे। भदौ ३ गते कृष्ण जन्माष्टमीका दिन प्रदर्शन हुने फिल्ममा पुष्प,श्रद्धाका साथमा बुद्धि तामाङ, रबिन्द्र झा, भावना गुरुङ, नवीन रेग्मी, आयुषा क्षेत्री, हिउँवाला गौतम तथा बालकलाकार आयुष गुरागाइँ मुख्य भूमिकामा छन् । फिल्मलाई निर्देशक समेत रहेका रंग पत्रकार लक्ष्मण सुवेदीले लेखेका हुन् । फिल्ममा रत्न श्रेष्ठ कार्यकारी निर्माता र प्रकाशराज कार्की तथा केवल तामाङ निर्माता छन् । फिल्मका प्रस्तुत कर्ता रोहित कट्टेल हुन् ।

प्रकाशित मिति : ३० असार २०७९, बिहीबार  ७ : ०९ बजे

उद्योग समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको उद्योग तथा वाणिय र

देशभर मनसुनी वायुको प्रभाव, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

६ करोड ५० लाख पाउन्डमा रोड्री बार्सिलोना जाने पक्का, चार वर्षको सम्झौता हुँदै

काठमाडौँ – स्पेनिस क्लब बार्सिलोनाले म्यानचेस्टर सिटीका कप्तान तथा स्पेनिस

संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

अस्ट्रेलियामा नेपाल ‘ए’ को परीक्षा: कुनकुन देशको टिमसँग हुँदैछ प्रतिस्पर्धा ?

काठमाडौँ – अस्ट्रेलियामा सञ्चालन हुने ‘टप एन्ड टी–२०’ सिरिजका लागि