राजनीति

पाँच विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाइयो

By खबरहब

July 14, 2022

काठमाडौं– विभिन्न पाँच विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाइएको छ ।

तेजाब तथा घातक रासायनिक पदार्थको नियमन, यौन हिंसा विरुद्धका ऐन संशोधन लगायतका विधेयक सभामुख अग्नि सापकोटाले प्रमाणित गरेर बिहीवार राष्ट्रपति कार्यालय पठाएका हुन् ।

तेजाब तथा अन्य घातक रासायनिक पदार्थको नियमनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्न बनेको विधेयक, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक र सामाजिक सुरक्षा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक सभामुखले प्रमाणित गरेर पठाएका हुन् ।

अब ती विधेयकहरु राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरेपछि कार्यान्वयनमा आउनेछन् ।