नेपाल–चीन सीमासम्बन्धी बैठक: रसुवागढी-केरुङ नाका दुईतर्फी सञ्चालन गर्ने सहमति | Khabarhub Khabarhub

नेपाल–चीन सीमासम्बन्धी बैठक: रसुवागढी-केरुङ नाका दुईतर्फी सञ्चालन गर्ने सहमति


३० असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल र चीनबीच रसुवागढी–केरुङ नाकामा दुईतर्फी व्यापार सञ्चालन गर्ने सहमति भएको छ ।

नेपाल–चीन सीमासम्बन्धी परामर्श बैठकले उक्त नाकाबाट साम्रगी आयात र निर्यात गर्न सहमति जुटाएको हो । यसअघि चीनले कोरोना भाइरसको कारण देखाउँदै अघोषित रुपमा नाका बन्द गरेको थियो ।

सीमा नाकाबाट आयात र निर्यात गर्न सहमत भए पनि कोरोना भाइरस मापदण्ड भने पूर्ण रुपमा पालना गर्नुपर्ने छ ।

चीनले पछिल्लो समय नेपालमा सीमित मात्रामा कन्टेनर पठाउँदै आएको थियो भने नेपालबाट निर्यात गर्न दिएको थिएन ।

चीनको यो कदमले नेपाली व्यापारीहरु रुष्ट हुँदै आएका थिए भने उनीहरुले आफ्नो ठूलो लगानी फसेको भन्दै नेपाल सरकारलाई सहमति जुटाइदिन आग्रह गर्दै अएका थिए । तर, चीनले यसबारेमा चासो देखाएको थिएन ।

बिहीवार भएको भर्चुअल बैठकमा रसुवागढी–केरुङ नाकाका साथै हुम्लाको हिल्सा–पुराङ सीमा बन्दरगाह खोल्ने निर्णयमा सहमति भएको हो ।

‘नेपाल–चीन सीमा परामर्श बैठक’मा परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय, नापी विभाग, बेइजिङस्थित नेपाली राजदूतावासका कार्यवाहक र ल्हासास्थित नेपाली महावाणिज्य दूतको सहभागिता रहेको थियो ।

चिनियाँ प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालय र चीनका विभिन्न मन्त्रालयका वरिष्ठ अधिकारीहरू, चीनको तिब्बत स्वायत्त क्षेत्रका विदेश मामिला कार्यालय र अन्य विभागहरू तथा काठमाडौंस्थित चीनको राजदूतावासका कार्यवाहकहरू सहभागी थिए ।

 

प्रकाशित मिति : ३० असार २०७९, बिहीबार  ११ : ०६ बजे

मरिचका बिरुवा बेचेर मनग्य आम्दानी

गण्डकी- पोखरा महानगरपालिका–२८ स्याङखुदी टारीका किसान सूर्यमोहन बाँस्तोलाले यस वर्ष

गिद्धको सङ्ख्या बढेपछि संरक्षणकर्मी उत्साहित

कञ्चनपुर- सुदूरपश्चिम प्रदेशमा गिद्धको सङ्ख्या विगतको तुलनामा क्रमशः बढ्दै गएको

एसिया कप : आज भारत र पाकिस्तान भिड्दै

काठमाडौं – एसिया कप क्रिकेटमा आज भारत र पाकिस्तानले प्रतिस्पर्धा

राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने

काठमाडौं– नेपाल राष्ट्र बैंकले एक अर्ब २० करोड रुपैयाँ बराबरको

जितिया पर्वको निराहार व्रत आज

महोत्तरी– सन्तानको सौर्यवृद्धि र कल्याणको कामना गर्दै मधेसको प्राचीन मिथिला