देश छोडेर भागेका श्रीलंकाका राष्ट्रपतिले दिए राजीनामा | Khabarhub Khabarhub

देश छोडेर भागेका श्रीलंकाका राष्ट्रपतिले दिए राजीनामा


३० असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– देश छोडेर भागेका श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापक्षले राजीनामा दिएका छन् ।

भागेर माल्दिभ्स पुगेर सिंगापुर उडेका गोटाबायाले उतैबाट सभामुखलाई इमेल पठाएर बिहीवार राजीनामा दिएका हुन् ।

श्रीलंका आर्थिक रूपमा टाट पल्टिएपछि त्यहाँ हजारौँ प्रदर्शनकारीले गोटाबायाको राजीनामा माग गर्दै प्रदर्शन गरेका थिए भने राष्ट्रपतिको निजी निवास समेत कब्जा गरेका थिए ।

श्रीलंकामा ज्यानको जोखिम बढेपछि राष्ट्रपति राजापाक्ष मुलुक छोडेर सैनिकको सुरक्षामा माल्दिभ्स भागेका थिए ।

समाचार संस्था बीबीसीकाअनुसार राजापाक्षको राजीनामाको खबर आएपछि प्रदर्शनकारीहरुले श्रीलंकामा खुसीयाली मनाउन थालेका छन् ।

गोटाबाया भागेपछि प्रधानमन्त्री रनिल बिक्रमासिंघेले कार्यवहाक राष्ट्रपतिको रुपमा काम गर्दै आएका छन् । प्रदर्शनकारीले उनको पनि राजीनामा माग गरेका छन् ।

प्रकाशित मिति : ३० असार २०७९, बिहीबार  ११ : ३२ बजे

मन्त्रिपरिषद्को बैठकले गरेका २५ निर्णयहरू के के छन् ?

काठमाडौं– बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले

सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– नेपाल प्रहरीले सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गरेको आरोपमा

सहकारी संस्थालाई संकटबाट बचाउन स्वनियम अनिवार्य

काठमाडौं– सहकारी क्षेत्रमा देखिएका विद्यमान समस्या समाधान गर्न नियामक निकायकाबीचको

कांग्रेसले निरन्तर सदन अवरोध गरेपछि प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौं– नेपाली कांग्रेसकाे निरन्तर सदन अवराेध पछि प्रतिनिधि सभा बैठक

विदेश पठाइदिन्छु भन्दै  ठगी गरेको आरोपमा तीन जना पक्राउ 

काठमाडौं– काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अवैध बाटोबाट अमेरिका