पार्किन्सस भयो भन्दैमा आत्तिनु पर्दैन, उपचार हुन्छ | Khabarhub Khabarhub

पार्किन्सस भयो भन्दैमा आत्तिनु पर्दैन, उपचार हुन्छ

‘सरकारले एक लाख रुपैयाँ बराबर निःशुल्क उपचार गर्छ’



पार्किन्सस रोगलाई पहिला बुढ्यौलीको रोग मानिन्थ्यो। तर, हिजोआज उल्लेख्य संख्यामा युवामा पनि यो समस्या देखिएको छ। पार्किन्सस हुँदा विस्तारै मस्तिष्कमा क्षय हुँदै जान्छ। शरीर काम्ने, हिँडडुल गर्न गाह्रो हुने र अन्ततः विस्मृति हुने जस्ता समस्या देखिन्छन्। हाल उपलब्ध उपचार पद्धतिले लक्षण व्यवस्थापन गर्न मात्र सक्छ। मस्तिष्कका कोष मर्दै जाँदा रोगीको स्थिति झन् गम्भीर हुँदै जान्छ। कुनै औषधिले पनि यो रोग निको पार्न सक्दैन। पार्किन्सस एक खालको न्यूरोडिजेनेरेटिभ डिस्अर्डर हो। जसको लक्षण विस्तारै र निकै समयपछि देखापर्छ। यसले बिरामीको मोटर स्किल्समा असर पर्छ। किनभने यो रोगले केन्द्रीय स्नायू प्रणाली नै प्रभावित हुन्छ। यसलाई मुभमेन्ट डिस्अर्डर पनि भनिन्छ।

अधिकांशलाई यो समस्या वृद्धावस्थामा हुन्छ। तर, यो रोग कम उमेरका मानिसमा पनि देखिन थालेको छ। तथ्यांकअनुसार यो रोगबाट विश्वभर १ करोडभन्दा बढी मानिस प्रभावित छन्। विज्ञहरु यसका लागि जेनेटिक र पर्यावरण प्रमुख कारक मान्छन्। बुढ्यौलीमा हातखुट्टा काप्छ, पिडुला दुख्छ। यसलाई स्वभाविक मान्न सकिन्छ।

यद्यपि उमेर नपुग्दै यस्तो समस्या देखियो भने त्यसलाई स्वभाविक वा सामान्य मान्नु हुँदैन। संसारभर झन्डै एक करोड मानिसमा पार्किन्सस रोग भएको आकंलन गरिएको छ। एआई प्रविधिमा भएको विकासले पार्किन्सस रोगका लक्षण निवारणका लागि उपचार गर्न चिकित्सकलाई सजिलो पार्ने विश्वास गरिएको छ।

पार्किन्सस रोगलाई कसरी बुझ्ने ?
यो विशेषगरी ज्येष्ठ नागरीकलाई लाग्ने रोग हो। यो रोग लागेपछि हिडँडुल गर्न गाह्रो हुने, काम गर्न असजिलो हुने गर्छ। कुनै व्यक्ति छोटोछोटो पाइला चाल्दै घोप्टो परेर हिँड्ने गर्छन् भने पार्किन्सस भएको हुनसक्छ।

यो रोगले हाम्रो मस्तिष्कको मुभमेन्ट हिडाँइ कन्ट्रोल गर्ने सेन्टरलाई असर गर्छ। यो नशा सबन्धी रोग हो। शरीरमा हुने डोपामिन तत्त्वले मस्तिष्क हिँडाई कन्ट्रोल गर्ने सेन्टरमा काम गर्छ। विभिन्न कारणले यो तत्त्वको कमी हुँदै गएर हिँडाइमा असर हुन थाल्यो भने पार्किन्सस भएको मानिन्छ।

कस्तो लक्षण देखा पर्छन् ?
पहिले गरिरहेको काम विस्तारै कम ढिलो हुँदै जाने हुन्छ। हिडँडुल गर्न गाह्रो हुने, एकतिरको हात काप्ने। काम गर्न लागेपछि कम्पन कम हुने लक्षण देखा पर्छ। हिँड्दा हिँड्दै लड्ने र हुत्तिने हुन्छ। यस्तो लक्षण देखा पर्यो भने पार्किन्सन्स भएको बुझ्नुपर्छ।

पार्किन्सन विभिन्न खालका हुन्छन्। धेरैलाई इडियोप्याथिक पार्किन्सस हुन्छ। जुन ९० प्रतिशतमा देखिन्छ। अर्को पार्किन्सन्ससँगै सिन्ड्रोम हुन्छ। यो समस्या भयो भने डिमेन्सिया विथ लेवी बडी, मल्टिसिष्टम एट्रफी जस्ता विभिन्न रोग देखा पर्छन्। हामीले सुन्दा नयाँ रोग आएको जस्तो लाग्छ। ज्येष्ठ नागरिक भएपछि विस्तारै हिँड्नु, हात काप्नु सामान्य हो भनिन्छ। यो भ्रम हो।

हामीले रोगको निदान गर्ने क्रममा बिरामीको लक्षण हेरेर, बिरामीको परिवारको सदस्यलाई बिरामीको बारेमा बुझेर, जाचँ गरेपछि मात्र पार्किन्सन्स हो वा होइन भनेर थाहा पाउन सक्छौँ। ज्येष्ठ नागरिकमा एसेन्सीएल ट्रेमर भन्ने रोग पनि देखिन्छ।

यो रोगमा बिरामीको हिँडाइ राम्रो हुन्छ तर दुबै हात कामिरहन्छन्। कुनै काम गर्दा हात अझै धेरै काम्ने गर्छ। तर, पार्किन्सस भएको अवस्थामा काम गर्दा हात काम्न कम हुन्छ। पार्किन्सस पूर्ण रुपमा निको नहुने रोग हो। यसलाई नियन्त्रण गर्न सकिन्छ।

उपचारको प्रक्रिया कस्तो हुन्छ ?
ज्येष्ठ नागरिकको हकमा नेपाल सरकारले पार्किन्सस रोगको उपचारका लागि एक लाख रुपैयाँ बराबरको उपचार खर्च दिन्छ। यो पाटन अस्पतालमा उपलब्ध छ। सुरुवाती अवस्थामा पार्किन्सन्सको औषधिबाट उपचार हुन्छ। औषधि खाँदा साइड इफेक्ट बढी हुन्छ। दिमागमा पनि पेसमेकर राख्न सकिन्छ। यसलाई डिप ब्रेन स्टुमिलेसन भनिन्छ। कसैलाई पार्किन्सस भयो भन्दैमा आत्तिनु पर्दैन उपचार सम्भव छ।

डिप ब्रेन स्टुमिलेसन एकपटक राखेपछि कति समय काम गर्छ ?
यो एक पटक राखेपछि १० देखि १५ वर्ष सम्मको समयसम्म हुन्छ। विभिन्न मेकानिज्महरु हुन्छन्। त्यही हिसाबले चेन्ज गर्नुपर्ने हुन्छ। विदेशमा धेरै प्रयोग भए पनि नेपालमा त्यति विकास भएको छैन। एक दुई वटा काम न्युरोलोजिकल इस्टिच्यूटले सुरु गरेको छ। तर, यो सुरुको अवस्थाको उपचार होइन। यदि औषधिले काम गरेको छैन भने यो राख्न सकिन्छ।

निको हुने बिरामीको संख्या कस्तो छ ?
हामीले पाटन अस्पतालमा रजिस्ट्रेसन मेन्टेन गरेका छौं। अहिले चार सय जना बिरामी नियमित फलोअपमा हुनुहुन्छ। चार सय जना मध्ये ९९ प्रतिशतले राम्रो रेस्पोन्स गर्नुभएको छ। कसैलाई लक्षण देखा परेको थाहा हुनासाथ अस्पताल गएर उपचार गरेमा प्रभावकारी हुनसक्छ। त्यसैले रोग लुकाएर भन्दा उपचार गरेर अगाडि बढ्न सबैलाई सुझाव दिन्छौं। (डा. रमेश कँडेलसँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीमा आधारित)

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  ७ : ०७ बजे

भोजपुरमा मतदाता नामावली सङ्कलनमा उत्साहजनक सहभागिता

भोजपुर- आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई

नलिनिकान्तका ‘हेरिटेज इन्डिया’ काठमाडौँमा प्रदर्शन

काठमाडौँ- भारतको गुजरात राज्यका अग्रज छविकार (४५ वर्षदेखि फोटोग्राफीमा सक्रिय)

जेन-जी आन्दोलनका घटनामा ३७५ जना पक्राउ

काठमाडौँ- भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा

सशस्त्र प्रहरी अस्पतालमा नर्सिङ अध्ययन सुरु

काठमाडौँ- सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य उपचारको क्षेत्रमा दक्ष जनशक्ति

एमाले अध्यक्ष ओली र झलनाथ खनालबीच भेटवार्ता

भक्तपुर– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा(समाजवादी)का सम्मानित