निर्वाचनका लागि दल दर्ता गर्न तीन दिन बाँकी « Khabarhub

निर्वाचनका लागि दल दर्ता गर्न तीन दिन बाँकी


२९ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आगामी मंसिर ४ हुने गते हुने संघीय र प्रदेश सभा निर्वाचनका लागि दल दर्ता गर्ने समय अब ३ दिन मात्रै बाँकी रहेको छ ।

निर्वाचन आयोगले निर्माण गरेको कार्यतालिका अनुसार अब ३ दिन मात्रै बाँकी रहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । ‘यस बिचमा ४० राजनीतिक दल दर्ता भएका छन्’ पौडेलले भने ।

निर्वाचन आयोगमा निर्वाचन प्रयोजनका लागि सबैभन्दा पहिला सिके राउत नेतृत्वको जनमत पार्टी दर्ता भएको थियो । ठूला राजनीतिक दलमध्ये हालसम्म नेकपा एमालेले मात्र दल दर्ता गरेको छ।

नेपाली कांग्रेसले दल दर्ता गर्ने जिम्मेवारी पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेललाई दिएको छ। नेकपा मा‌ओवादी केन्द्रले पनि दल दर्ता गर्न बाँकी छ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  ९ : ०७ बजे

इन्जिनियर लामिछानेको गाई–भैँसी पालनबाट मासिक १५ लाख आम्दानी

काठमाडौँ- मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले पनि सफल

तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो

भक्तपुर- विजयादशमीको दिन आज जीवित देवी एकान्त कुमारीको हातबाट स्थानीय

पूर्वराष्ट्रपति भण्डारीद्वारा छोरी-ज्वाईँ र सर्वसाधारणलाई टीका प्रदान

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज विजया दशमीको दिन आमा मिथिला

नाइजेरियामा इबोलाको पहिलो सङ्क्रमण

अबुजा- अफ्रिकामा फैलिएको इबोला प्रकोप नाइजेरियासम्म पुगेको छ । युगान्डाबाट

क्यासिनोबाट पाँच जना प्रहरी नियन्त्रणमा

वीरगन्ज (पर्सा)- क्यासिनोभित्र नेपाली प्रवेश गराई जुवा खेल्ने–खेलाउने कार्यमा संलग्न