सम्पत्ति राज्यको नाममा गरिसकेँ, उपचार गर्ने पैसा छैन : ओली « Khabarhub

सम्पत्ति राज्यको नाममा गरिसकेँ, उपचार गर्ने पैसा छैन : ओली

'अरु दलजस्तो नातावाद भएको पार्टी एमाले होइन, मेरो भाइ हलो जोतेर जीविका चलाउँछ'


२९ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूसँग उपचार गर्ने पैसा नभएको दाबी गरेका छन्।

आफ्नो र श्रीमतीको नाममा रहेको घर र जग्गा सरकारको नाममा गरिदिएको बताउँदै उनले उपचारका लागि आवश्यक परेमा त्यसलाई बेच्न नसक्ने बताए।

आइतबार काठमाडौँमा आयोजित राष्ट्रिय युवा सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘तपाईंहरुले उपचार गरिदिनुभयो भने हुन्छ। मैले मेरो घरजग्गा बेच्न पनि पाउँदैन । किनभने दान गरिसकेको छु।’

आफ्नो सबै सम्पत्ति राज्यको भइसकेको बताउँदै ओलीले अन्य शीर्ष नेताहरुलाई पनि सम्पत्ति राज्यको नाममा गराउन चुनौती दिँदै आएका छन् ।

ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै छोरी, बुहारी र ज्वाइँलाई पार्टीका शीर्ष तहमा ल्याउने पार्टी एमाले नभएको उल्लेख गरे। आफ्नो भाइ वडा कमिटीमा रहेर काम गरिरहेको पनि सुनाए। ‘मेरो एक जना भाइ छ, उ अहिले भद्रपुरमा हलो जोतेर आफ्नो जीविका चलाएर बसेको छ उ अहिले वडा कमिटीमा संगठित रहेको छ।’ उनले आफ्नो श्रीमती पनि राजनीतिमा नआउने उल्लेख गरे।

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  १ : २६ बजे

शेरधनले इन्द्रलाई भने, ‘हिक्मतलाई निरन्तरता दिएर काम छैन, अब अर्को ल्याउने हो’

काठमाडौं- नेकपा एमालेका सचिव शेरधन राई र कोशी प्रदेशका नेकपा

सामान्य बन्दै गोलबजारको जनजीवन, कर्फ्यु हट्यो (तस्बिरहरू)

जनकपुरधाम– सिरहाको गोलबजार क्षेत्रमा जारी गरिएको कर्फ्यु हटाइएको छ ।

अर्थतन्त्रको विकास र विस्तार गर्न सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्नुपर्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले डिजिटल अर्थतन्त्रको विकास र

कमजोर भीएफएक्स लिएर झुल्किए एक्सन हिरो निखिल

काठमाडौं – हिरो निखिल उप्रेतीको फिल्म रिलिज भएको ७ वर्ष