विराटनगरमा आजदेखि मल बिक्री वितरण सुरु « Khabarhub

विराटनगरमा आजदेखि मल बिक्री वितरण सुरु


२९ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- कृषि सामग्री कम्पनी प्रदेश कार्यालय विराटनगरले आजदेखि मल बिक्री वितरण सुरु गरेको छ ।

कार्यालय प्रमुख नरेशकुमार  सापकोटाका अनुसार कम्पनीमा सात हजार ५०० मेट्रिक टन युरिया आउने क्रम जारी रहे पनि उपलब्धताको आधारमा आजदेखि सहकारीमार्फत वितरण कार्य सुरु भएको हो । कम्पनीले युरिया वितरण गर्ने सम्बन्धमा सहकारीलाई एक महिनादेखिपत्र पठाएको उनले बताए ।

कम्पनीले यसअघि पोटास तथा डिएपी मल बिक्री वितरण गरेको थियो ।  कम्पनीले बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मल बिक्री वितरण गर्ने गरेको छ । कम्पनीले प्रदेशका १४ जिल्लामा स्थानीय तहको सिफारिसका आधारमा सहकारीमार्फत किसानलाई मल बिक्री वितरण गर्ने गरेको छ । कम्पनीले विराटनगरसहित शाखा कार्यालय गाईघाट, धनकुटा, इटहरी, बिर्तामोड र इलाममार्फत मल बिक्री वितरण थालेको सूचना अधिकारी होमप्रसाद पराजुलीले बताए।

प्रदेशमा किसानलाई वार्षिक रूपमा धानका लागि युरिया ४० हजार मेट्रिक टन, डिएपी ३० हजार मेट्रिक टन र पोटास सात हजार मेट्रिक टन आवश्यक रहेको छ । कम्पनीले ५० किलो युरिया रु ७५०, डिएपी रु दुई हजार २०० र पोटास रु एक हजार ६०० मा बिक्री वितरण गरिरहेको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  ३ : ५५ बजे

बागलुङ पहिरोमा बेपत्ता महिलाको शव फेला, मृतकको सङ्ख्या १३ पुग्यो

बागलुङ– बागलुङमा यही असोज ९ देखि ११ गतेसम्म आएको अविरल

वर्षाका कारण हुम्लाका ग्रामीण सडक अवरुद्ध

हुम्ला– हालैको अविरल वर्षापछि आएको बाढीपहिरो र ढुङ्गा खस्दा मुख्य

बाढीपहिरोले क्षति गरेको बेनी–जोमसोम सडक मर्मत सुरु

म्याग्दी– पछिल्लो झरीपछिको बाढीपहिरोका कारण क्षति पुगेको म्याग्दीको सदरमुकाम बेनीदेखि

सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको

कांग्रेस देउवा पक्षको १५औँ महाधिवेशन प्रक्रिया सुरु, आज वडा अधिवेशन

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको १५औँ महाधिवेशन