‘कृष्ण लीला’ ले चितवनमा कन्सर्ट गर्दै « Khabarhub

‘कृष्ण लीला’ ले चितवनमा कन्सर्ट गर्दै


२९ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भगवान् श्रीकृष्णको जन्मदिन अर्थात कृष्णजन्माष्टमीको अवसरमा ३ भदौदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको ‘कृष्ण–लीला’ को टिमले चितवनमा कन्सर्ट गर्ने भएको छ ।

‘कृष्ण लीला’ का कलाकारसहितको टिमले ३१ साउन अर्थात् मंगलबार साँझ ५ बजे सिजी ल्याण्डमार्कमा फ्रि–कन्सर्ट गर्न लागेको निर्देशक दीपक ओलीले बताए ।

कन्सर्टमा ‘कृष्ण लीला’का ‘कृष्ण’ अर्थात् अभिनेता पुष्प खड्का, ‘लीला’ अर्थात अभिनेत्री श्रद्धा क्षेत्री,‘पासाङ’ अर्थात् बुद्धि तामाङ, ‘राम भरोस’ अर्थात् रबिन्द्र झाका साथमा यसै फिल्मको सुपरहिट गीत ‘ए मेरो हजुर..’ का गायक रबि ओड र गायिका सुनीता कार्की, कोरियोग्राफर माइकल चन्द, निर्देशक दीपक ओली, लेखक लक्ष्मण सुवेदी, प्रस्तुतकर्ता रोहित कट्टेल, कार्यकारी निर्माता रत्न श्रेष्ठलगायतले चितवनवासीलाई झुमाउने छन् ।

चितवनका दर्शकको मागलाई ध्यानमा राखी पहिलो कन्सर्ट त्यहाँ गर्न लागेको र समय मिलेसम्म देशका अन्य शहरमा समेत कन्सर्ट गर्ने योजना रहेको निर्माण पक्षले जनाएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  ४ : ३३ बजे

स्कुल बसको ठक्करबाट बालकको मृत्यु

दाङ– तुलसीपुर उपमहानगरपालिका –०७ गैरापातुस्थित स्कुल बसको ठक्करबाट एक बालकको

गगन थापाको नेतृत्व र एकताको महाधिवेशनले कांग्रेसलाई बलियो बनाउँछ : जीवनबहादुर शाही

नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँमा जारी छ। विशेष महाधिवेशनबाट निर्वाचित

कांग्रेस महाधिवेशन : दाबी विरोधको समय दिउँसो २ बजेसम्म थपियो

काठमाडौं- नेपाली कांग्रेसको महाधिवेशनमा उम्मेदवारको दाबी विरोध गर्ने समय थप गरिएको

लेतेदेखि कोरलासम्म रोकिएका कन्टेनर

मुस्ताङ– मुस्ताङको लेतेदेखि कोरलानाकासम्म झन्डै पाँच सयको सङ्ख्यामा कन्टेनर सडकमा

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

काठमाडौँ– नेपाल राष्ट्र बैंकले यसपालिको दसैँलाई लगायतका चाडपर्वलाई लक्षित गर्दै