नेप्से परिसूचकको ओरालो यात्रा जारी « Khabarhub

नेप्से परिसूचकको ओरालो यात्रा जारी


२९ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन नेप्से परिसूचक २७ दशमलव ९२ अङ्कले ओरालो लागेर दुई हजार १० दशमलव शून्य एकमा पुगेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमलव ७६ अङ्कले ओरालो लागेर तीन सय ८७ दशमलव ९० मा ओर्लेको छ । कूल २२७ कम्पनीको ४५ लाख ५९ हजार २२ कित्ता शेयर रु एक अर्ब ८७ करोड ३२ लाख ८१ हजार आठ सय ९७ मा कारोबार भयो ।

नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । बैंकिङ आठ दशमलव ८७, व्यापार ४७ दशमलव ६९, होटल तथा पर्यटन २१ दशमलव १७, विकास बैंक ४७ दशमलव ४७, जलविद्युत् ४५ दशमलव २१, वित्त ४५ दशमलव एक, निर्जीवन बीमा ५२ दशमलव ८५, उत्पादन १९० दशमलव ७३, अन्य १६ दशमलव ५९, लघुवित्त ५० दशमलव पाँच, जीवन बीमा २३३ दशमलव ६८, सामूहिक लगानी कोष शून्य दशमलव १२ र लगानी एक दशमलव ८५ अङ्कले ओरालो लागेको छ ।

आइतबारको कारोबारपछि बजार पुँजीकरण रु २८ खर्ब ७० अर्ब ५५ करोड ९१ लाख चार हजार आठ सय ८३ बराबर रहेको छ । नेप्सेका अनुसार कारोबारका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा छ । उक्त कम्पनीको रु १६ करोड ५३ लाख ९६ हजार पाँच सय १४ बराबरको कारोबार भयो । यस्तै नेपाल लाइफ इन्स्योरेन्स रु ११ करोड २९ लाख ११ हजार एक सय सात, शिवम् सिमेन्ट रु आठ करोड २० लाख २५ हजार सात सय ५४, स्वाबलम्बन लघुवित्त रु छ करोड ६१ लाख एक हजार ६० र नबिल बैंकको रु चार करोड ४४ लाख २७ हजार एकसय ३४ बराबरको कारोबार भई शीर्ष पाँचभित्र परेका छन् ।

नेप्सेका अनुसार अप्पर हेवा खोला आठ दशमलव १०, कालिका पावर कम्पनी दुई दशमलव ८८, सामलिङ पावर कम्पनी दुई दशमलव ४४, सिटिजन म्युचुअल फण्ड एक दुई दशमलव ३६ र जाल्पा सामुदायिक लघुवित्तका लगानीकर्ताले दुई दशमलव शून्य एक प्रतिशतले कमाएका छन् ।

त्यस्तै गुराँस लघुवित्त सात  शून्य दशमलव नौ, हिमालयन डिस्टिलरी छ दशमलव १०, इमर्जिङ नेपाल पाँच दशमलव ८३, नेपाल लाइफ इन्स्योरेन्स पाँच दशमलव ७५ र मल्टिप्रपोज फाइनान्स कम्पनीका लगानीकर्ताले पाँच  दशमलव ३७ प्रतिशतले गुमाएका छन् ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  ४ : ३८ बजे

झापामा ओलीले भने : ग्यास उत्खनन भइसकेको छ, पाइपबाट घरघरमा पठाउने दिन आउँदैछ

झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अपराधिक तत्वहरूले आफूमाथि

नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

काठमाडौं– नेपाल र कतारबीच समग्र आर्थिक विकास, पर्यटन प्रवर्द्धन तथा

पोर्चुगलमा नरमपन्थी सेगुरो निर्वाचित

एजेन्सी– पोर्चुगलको राष्ट्रपतीय निर्वाचनमा केन्द्र–वाम समाजवादी उम्मेद्वार एन्टोनियो जोसे सेगुरो

टी–२० विश्वकपमा स्कटल्याण्डसँग इटाली ७३ रनको विशाल अन्तरले पराजित

काठमाडौं- आईसीसी टी–२० विश्वकप अन्तर्गत सोमबार सम्पन्न खेलमा स्कटल्याण्डले इटालीलाई

पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

काठमाडौं– यस वर्षको महाशिवरात्रि पर्वलाई लक्षित गर्दै आराध्यदेव भगवान् पशुपतिनाथ