निजगढ नगरपालिकामा भएको तालाबन्दी खोल्न राप्रपाको ७२ घण्टे अल्टिमेटम  « Khabarhub

निजगढ नगरपालिकामा भएको तालाबन्दी खोल्न राप्रपाको ७२ घण्टे अल्टिमेटम 


२९ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा-  राष्ट्रिय प्रजातन्त्र पार्टी निजगढ नगर कार्य समितिले नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा लगाएको ताला खोल्न ७२ घण्टे अल्टिमेटम दिएको छ । ७२ घण्टाभित्र ताला खोली काम सञ्चालन नभए राप्रपाले ताला फोड्ने चेतावनी दिएको हो ।

विगत १४ दिनदेखि भएको तालाबन्दीबाट स्थानीय सेवाग्राही समस्यामा परेको तथा नगरप्रमुख, उपप्रमुख र वडा अध्यक्षलगायत कार्यपालिका सदस्य घमन्डका कारण नगरपालिकाबाट सर्व साधारणले पाउनुपर्ने सेवाबाट वञ्चित भएको राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य बिनोद भारतीले बताए ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी निजगढ नगर कार्य समितिका अध्यक्ष खड्गप्रसाद उप्रेतीले तत्काल ताला खोलेर काम गर्ने वातावरण सिर्जना गर्न आग्रह गरेका छन् । यदि ताला नखोलेमा राप्रपा निजगढले ताला खोल्न र दुवै पक्षसँग आवश्यक समन्वय गर्न तयार रहेको बताए ।

उनीहरूले ताला खोल्ने, नियमित काम काज सुचारु गर्न र विभिन्न बहानामा गरिएको तालाबन्दीको विरोधसमेत गरेका छन् ।

राप्रपा निजगढले आज निजगढ नगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद देवकोटालाई ज्ञापन पत्र समेत बुझाएका छन् ।

ज्ञापन पत्र बुझाउँदै राप्रपा निजगढले जनताको सेवा प्रवाहका लागि तालाबन्दी खोलेर वातावरण सहज गराउनसमेत निमित्त प्रमुख प्रशासकीय अधिकृत देवकोटालाई आग्रह गरेका छन् ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  ६ : ११ बजे

कांग्रेस विशेष महाधिवेशनमा जुलुसका लागि छ वटा रुट, यस्तो छ तालिका

काठमाडौँ- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन पुस २७ र २८

एनआरएनएले भन्यो : मन्त्री गुप्तालाई औपचारिक रूपमा नै आमन्त्रण गरिएको हो

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए)ले युवा तथा खेलकुद मन्त्री

तरुण ३५ केन्द्रीय सदस्यले पार्टी कार्यालयको भेलाप्रति जनाए असहमति

काठमाडौं- नेपाल तरुण दलका केन्द्रीय सदस्यहरूले पार्टी केन्द्रीय कार्यालय सानेपामा

वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता : प्रचण्ड

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा

विशेष महाधिवेशनमा सहभागी नहुन मधेसका आठ जिल्लाका सभापतिको आग्रह

जनकपुरधाम – नेपाली कांग्रेस मधेस प्रदेशअन्तर्गत आठ जिल्लाका जिल्ला सभापतिले