बालिका यौन दुर्व्यवहार घटनामा मानव अधिकार आयोगको चासो « Khabarhub

बालिका यौन दुर्व्यवहार घटनामा मानव अधिकार आयोगको चासो


२९ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला- १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको घटनाको विषयमा राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश शाखा कार्यालय जुम्लाले चासो देखाएको छ ।

आयोगको शाखा कार्यालय जुम्लाका प्रमुख बुद्धनारायण साहनी र मानव अधिकार अधिकृत धनराज शाहीको टोलीले पीडित बालिकाकी आमा र प्रहरीसँग भेटेर ध्यानाकर्षण भएको जनाएको छ ।

साहनीका अनुसार आयोगले यो घटना गम्भीर फौजदारी अपराध हो । बाल अधिकार हनन हुनुका साथै यौन दुर्व्यवहार भएकाले पीडितले न्याय पाउनुपर्ने आफूहरूको धारणा रहेको उनको भनाइ छ ।

यौन दुर्व्यवहार घटनाका आरोपित व्यक्ति चन्दननाथ नगरपालिका ७ का ४८ वर्षीय प्रेमजंग (प्रेमराजा) महतलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीको भनाइछ ।

घटनाको विषय उठान गर्ने र समाचार सम्प्रेषण गर्ने पत्रकार र पीडित बालिका तथा उहाँकी आमाको पनि राज्यले उचित सुरक्षाको व्यवस्थापन गर्नुपर्ने सुझाएको आयोगका मानवअधिकार अधिकृत शाहीले बताए  ।

यौन दुर्व्यवहार घटनाका आरोपित महतले एक महिनासम्म पटक पटक करणी गर्दै आएको पीडित बालिकाकी आमाको आरोप छ ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  ७ : ०६ बजे

प्रतिनिधिसभा : रेबिज सङ्क्रमण रोकथाम गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको बैठकको आजको आकस्मिक समयमा सांसदहरूले जाजरकोट घटनादेखि बाढी

ग्यास अभावको विषयमा प्रधानमन्त्री कार्यालयमा छलफल, अब प्रति महिना ५० हजार मेट्रिक टन आयात गर्ने

काठमाडौं– पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने

हिक्मत भन्छन् : पार्टीले राजीनामा दिनु भनेको छैन, किन दिने ?

काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पार्टीले राजीनामा दिनु भनेर

रुपन्देहीमा पनि ग्यास अभाव (तस्बिरहरू)

काठमाडौं– खाना पकाउने एलपी ग्यासको अभाव हुँदा उपभोक्ताले घण्टौँ लाइन

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक आज