मंसिर ३ गते १८ वर्ष पुग्नेले भोट हाल्न पाउने « Khabarhub

मंसिर ३ गते १८ वर्ष पुग्नेले भोट हाल्न पाउने


२९ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्वाचन आयोगले यही साउन १९ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गराएकामध्ये निर्वाचन हुने अघिल्लो दिन मङ्सिर ३सम्ममा १८ वर्ष उमेर पुग्ने व्यक्तिले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा मतदान गर्न पाउने स्पष्ट गरेको छ । आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एकैपटक हुँदैछ ।

आयोगको यही साउन २२ गतेको निर्णयबाट मतदाताले मतदानका लागि १८ वर्ष उमेर पुग्ने दिन निर्धारण भएको हो । यही साउन १९ गते आयोगको परामर्शमा नेपाल सरकारबाट निर्वाचन घोषणा भएको दिनसम्म मतदाता नामावलीमा नाम दर्ता खुल्ला गरिएको थियो ।

नामावलीमा दर्ता भएका व्यक्तिमध्ये मिति २०७९ मङ्सिर ३ गतेसम्म १८ वर्ष उमेर पुग्ने व्यक्तिले मात्र मतदान गर्न पाउने भएकाले अन्तिम मतदाता नामावलीमा नाम नभएका जुनसुकै उमेर समूहका व्यक्तिले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा मतदान गर्न नपाउने कानूनी व्यवस्था रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा जारी विज्ञप्तिमा स्पष्ट गरिएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  ८ : ३९ बजे

जुम्लामा ९०४ जनाले लिए जन्म र मृत्युमा दिइने अनुदानको चामल

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट गत आर्थिक

केही जिल्लामा अब घरेलु कार्यालयबाट यातायातको काम गरिन्छ : मुख्यमन्त्री आचार्य

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले यातायात कार्यालय नभएका जिल्लामा

रसुवा बाढीका बेपत्ता भएकाको खोजी कार्य तीव्र बनाउन माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका प्रमुख सचेतक कवीन्द्र

जसलाई पाता कस्नुपर्छ भनेकी थिइन्, उनीहरूकै दबाबमा गौरीकुमारीले गुमाइन् मन्त्री पद

काठमाडौं- ग्यास उद्योगीप्रति आक्रोश पोख्दै ‘पाता कस्नुपर्ने’ अभिव्यक्ति दिएको भोलिपल्टै

किमद्वारा विदेशी मोर्चामा खटिएका उत्तर कोरियाली सैनिकको प्रशंसा

सियोल- उत्तर कोरियाली नेता किम जोङ उनले देशको ७८औँ स्थापना दिवसका