अफगानिस्तानमा भएको बम आक्रमणमा ८ जनाको मृत्यु « Khabarhub

अफगानिस्तानमा भएको बम आक्रमणमा ८ जनाको मृत्यु


२९ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अफगानिस्तानमा अल्पसङ्ख्यक शिया हजारा समुदायको बाक्लो बसोबास रहेको क्षेत्रमा विस्फोट हुँदा कम्तीमा पनि ८ जनाको ज्यान गएको छ ।

धार्मिक समारोहलाई लक्षित गरी राजधानी काबुलमा बम विस्फोट गराइएको हो । विस्फोटनमा अरु १८ जना घाइते भएको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएको छ ।

बेच्न राखिएका तरकारीको ठेलामा लुकाएर राखिएको बम विस्फोट भएको अफगानिस्तानका सुरक्षा अधिकारीले जनाएका छन् ।

अफगानिस्तानमा शासन चलाइरहेको तालिबानका प्रवक्ता जबिहउल्लाह मुजाहिदले भने आक्रमणमा मुलुक र इस्लामका दुश्मनको हात रहेको टिप्पणी गरेका छन् ।

आक्रमणको जिम्मा आतंककारी संगठन इस्लामिक स्टेटले लिएको छ । इस्लामिक स्टेटले यसअघि पनि अफगानिस्तानमा सैनिक एवम् सार्वजनिक निशानालाई लक्षित गरी आक्रमणहरु गर्दै आएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  ९ : ०९ बजे

पेन्टागनले एसएम–६ क्षेप्यास्त्र उत्पादन बढाउन रेथियोनसँग २४ अर्ब डलरको सम्झौता गर्ने

एजेन्सी– अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इरानविरुद्धको युद्धमा खर्च भएको हतियारको

साताको अन्तिम दिन पनि घटेर बन्द भयो नेप्से

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज साताको अन्तिम कारोबार दिन

दोलखा कांग्रेसका दुवै पक्षलाई अधिवेशनको चटारो

दोलखा- दोलखामा नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारी तीव्र छ ।

ग्लोबल आइएमई बैंकको २०औँ साधारणसभा सम्पन्न, शेयरधनीको १० प्रतिशत लाभांश पारित

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडको २०औँ वार्षिक साधारणसभा शुक्रबार काठमाडौंको

पूर्वाधार विकासमा फड्को मार्न एकीकृत ‘छाता कानुन’ र ७ प्रतिशतको आर्थिक वृद्धि

म अर्थमन्त्रीको जिम्मेवारीमा आएको आधा घण्टाभित्रै १५ वटा पुराना ऐनहरू