प्रधानमन्त्रीसँग मुक्त कमलरीका समस्या समाधान गर्न माग « Khabarhub

प्रधानमन्त्रीसँग मुक्त कमलरीका समस्या समाधान गर्न माग


२९ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल सरकार र कमलरीबीच भएको १० बुँदे सहमतिलाई कार्यान्वयन गर्न माग गरिएको छ ।

मुक्त कमलरी विकास मञ्चको अग्रसरतामा गएको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री निवास बालुवाटारमा उनलाई भेटेर कमलरीका समस्या सम्बोधन गर्न आग्रह गरेको मञ्चका संस्थापक अध्यक्ष मन्जिता चौधरीले जानकारी दिए ।

सङ्घीय सांसद शान्ता चौधरी नेतृत्वको प्रतिनिधिमण्डलले तत्काल मुक्त कमलरी बस्दै आएको छात्राबासमा यसअघि सरकारले गर्दै आएको खान बस्नको प्रबन्धलाई नियमितता दिन र कमलरीका लागि स्नातक तहको छात्रवृत्ति कटौती नगर्न आग्रह गरेको हो ।

यसबाहेक मुक्त कमलरीको पुनःस्थापनलगायत विषयमा प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराइएको संस्थापक अध्यक्ष चौधरीले बताए। सो अवसरमा प्रधानमन्त्री देउवाले उपरोक्त समस्या समाधानका लागि तत्काल मातहतका निकायलाई निर्देशन दिने आश्वस्त पारेका थिए । सरकार र कमलरीबीच समस्या समाधानका लागि २०७४ साल जेठ २४ गते १० बुँदे सम्झौता भएको थियो ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  १० : १४ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब