डिजिटल युगले युवामा ढाडको समस्या विकराल | Khabarhub Khabarhub

डिजिटल युगले युवामा ढाडको समस्या विकराल

'ढाड वा कम्मर दुख्यो भने गुगल र युट्युब हेर्ने होइन, उपचार गर्नुपर्छ'



अहिलेका युवामा ढाड, कम्मर, गर्धन दुख्ने समस्या धेरै छ। पहिले भन्दा अहिलेका युवा पुस्ता बढी ग्रसित देखिन्छन्। आज भन्दा २० वर्ष अघिको कुरा सुन्दा युवा पुस्ता भन्दा पनि वृद्धवृद्धामा चालिस पचास वर्षपछि बढी देखिने गथ्र्यो। यो प्राकृतिक रुपमा या हड्डी खिइएर हुने गथ्र्यो। आजभोलि यो समस्याबाट युवा पुस्ता नै बढी ग्रसित छन्।

यसको मुख्य कारण विभिन्न छन्। अहिले हामी बोइलर कुखुुरा जस्तै भएका छौं। सक्रिय जीवनबाट डिजिटल लाइफमा परिणत भएका छौँ। जब शरीरमा एक्टिभिटीको कमी हुन्छ, शरीर कमजोर हुँदै जान्छ। सक्रियताको कमीले डिप्रेसनदेखि मानसिक समस्यासम्म मधुमेहदेखि मुटु रोगसम्म र साथै हड्डी खिइनेदेखि हड्डी खोक्रो हुनेसम्मका रोग लाग्छ भनेर विभिन्न मेडिकल तथ्यले पुष्टि गरेका छन्।

डिजिटल लाइफले मेकानिकल समस्या निम्त्यायो
आजभोलि डिजिटल लाइफले हाम्रो मेकानिकल समस्या निम्त्याएको छ। मेकानिकल समस्याले पछि न्युरोलोजिकल, मस्कोलोटिकल समस्या निम्ताउँछ। हामीले आजभोलि शारीरिक श्रम हुने काम गर्न छोडेर बसीबसी काम गरेका छौँ। प्रकृतिसँग हुर्कने समय नपाएका कारण पनि समस्या बढिरहेको छ। अन्य कारणहरु पनि छन्। जस्तै जन्मजात आउने समस्याले ३० वर्षपछि समस्या देखाउँछन्।

हाम्रो कम्मरमा पाँच वटा हड्डी हुन्छन्। नेपालमा दशदेखि पन्ध्र प्रतिशतमा चार वटा मात्र हड्डी र केही केहीमा छ वटा हड्डी पाइन्छ। यसलाई लम्बारजेसन र प्याक्राराइजेसन भनिन्छ। यसले गर्दा नसा च्यापिने ढाड कम्मर दुख्ने समस्या निम्त्याउँछ।

जन्मजात आउने अर्को कारण थुप्रै हड्डी जोडिएका हुँदैनन्। यसले पनि समस्या आउँछ, उमेर बढ्दै जाने बेलामा पनि समस्या आउँछ। खानपिन व्यायाम जीवनशैली नमिल्दा पनि समस्या आउँछ। लकडाउनपछि यस्ता समस्या धेरै देखिएको छ।

अप्राकृतिक र डिजिटल लाइफले गर्दा रोग प्रतिरोधात्मक क्षमता पनि घटिरहेको छ। अहिलेका युवा पुस्ता कुलतमा फस्नेक्रम पनि बढ्दो छ। यसले पनि समस्या ल्याएको छ। गाउँघरमा काम गर्दा लडेर चोटपटक लाग्छ भने सहरमा दुर्घटना भइरहेको छ। यो कारणले पनि समस्या निम्तिन्छन्। कहिलेकाही दुर्लभ रुपमा क्यान्सर, ट्युमरले गर्दा, केहीमा पाठेघरका समस्या तल्लो पेटका समस्या, थाइराइड, हर्मोनका समस्या, मेटाबोलिक रोग लगायतले पनि समस्या देखा पर्छन।

समस्या थाहा पाउनको लागि के गर्ने ?
नेपालमा सबैभन्दा कमजोर पक्ष भनेको पहिचान हो। रोगको निदानको बारेमा थाहा नपाउँदा पनि समस्या बढेको छ। नेपालमा रोगको निदान पक्ष कमजोर भएका कारण मान्छे भारत, थाइल्यान्डसम्म गएका छन्।

साधारण फिजिसियनकोमा गयो भने अर्कै उपचार गर्छ। न्युरोलोजिस्ट कहाँ गयो भने अर्कै उपचार गर्छ। म कहाँ आउनु भयो भने कहाँनेर समस्या भएको छ भनेर म विस्तृत रुपमा भन्दिन्छु र म रोगीलाई शिक्षा पनि दिन्छु। एउटा विशेषज्ञकहाँ जचाउँन जानुपर्छ।

घरमा बसेर मात्र हुँदैन। गुगल, युटयुव हेरेर यही नै भएको हो भनेर बस्नु हुँदैन। रेड फल्याग, एल्लो फल्याग र ब्ल्याक फल्याग गरेर तीनवटा चरणमा रोगको विभाजन हुन्छ। आफ्नो अवस्था बुझेर तुरुन्तै उपचार गराउनु पर्दछ।

तीन वटा चरणमा निदान
आफूलाई के को समस्या भएको हो ? त्यो बुझेर तुरुन्तै विशेषज्ञकोमा जानुपर्छ। कुनै चिकित्सक कहाँ गएपछि उनीहरुले पनि सबन्धित विशेषज्ञकोमा नपठाउने गर्नाले पनि समस्या बढ्छ।

पहिले फिजिसियनले हेर्ने, दोस्रोमा सबन्धित विशेषज्ञले हेर्ने, तेस्रोमा सर्जनले हेर्ने त्यसपछि फेरि सम्बन्धित विशेषज्ञले हेर्ने हुन्छ। तर, नेपालमा खासै प्राटिक्समा छैन। हामी रुमलिएर बस्नु हुँदैन, जाँच गर्न गैहाल्नु पर्छ।

बिरामी चिकित्सक कहाँ गएपछि यो कसरी भयो, के गर्दा ठिक हुन्छ ? के खाँदा ठिक हुन्छ भनेर सल्लाह लिनु पर्दछ। यस्ता रोगलाई ठूलो बनाएर डराउनु पनि हुँदैन। लक्षण देखिने बित्तिकै उपचार गर्न जानु पर्छ।

समस्या बढ्नुको कारण
मेरुदण्डभित्र भएको नशा कुनै हाम्रो दिमागबाट आउछ। दिमागबाट आउने नशा जुन मेरुदण्डबाट गएको हुन्छ। यी नशाहरु हातमा देखिने नशा होइनन्। स्नायु नशा गर्धनबाट हातमा खुट्टामा सप्लाइ हुन्छन्।

गर्धनमा समस्या आउछ भनेपछि त्यो समस्या हात खुट्टामा पनि आउँछ। यस्तो समस्या मेकानिकल समस्या हो। औषधि खाएर यो समस्या समाधान हुँदैन्। औषधिले दुई चार दिन त ठिक होला तर पछि समस्या आइहाल्छ।

निदान नगरेसम्म त ठीक हुने कुरै भएन। नेपाल प्रोटोकल भएको देश होइन नि। मैले विदेशका धेरै देशमा काम गरेँ। त्यहाँ कसलाई भेट्ने, कसलाई रिफर गर्ने सिस्टम हुन्छ। यहाँ डाक्टरलाई दोष दिएका हुन्छन्। पहिले कसले हेर्ने हो भन्ने प्रोटोकलको नेपालमा विकास भएको छैन।

समस्या हुन नदिन के गर्ने ?
समस्या भयो भन्दैमा डराउनु पर्दैन। कहिलेकाँही ढाड कम्मर दुख्यो भने मालिस गर्दा ठिक हुन्छ। सड्केको बेला, चोटपटक लागेको बेला मालिस गर्न त भएन। यसको उपचारमै ध्यान दिनु पर्छ।

९५ प्रतिशत समस्या त हामीले आफै निम्त्याएका हुन्छौँ। यसका मुख्य कारण भनेको मेकानिकल कारण हो। हामीले बस्ने तरिकामा ध्यान दिएका हुँदैनौँ। सुत्दा, बस्दा, काम गर्दा शरीरको गलत रुपमा प्रयोग हुन्छ।

विषेशगरी बस्ने पोजिसनमा ध्यान दिँदा धैरै समस्याबाट मुक्ति पाउन सकिन्छ। साथै खानपिनमा ध्यान दिनाले पनि यस्ता रोगबाट बच्न सकिन्छ। हरियो सागपात, फलफूल साथै व्यायाममा ध्यान दिनुपर्छ।
(खबरहबका लागि डा. सुनिल पौडेलसँग विना न्यौपानेले गरेको कुराकानीमा आधारित)

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  ७ : २३ बजे

अर्थतन्त्रका सूचक सुधारोन्मुख : अर्थमन्त्री पौडेल

काठमाडौं – उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले अर्थतन्त्रलाई चलायमान

पचास हजार भक्तजनले गरे दुप्चेश्वर दर्शन

त्रिशूली – धान्य पूर्णिमाको अवसरमा यहाँको दुप्चेश्वर गाउँपालिका–६ स्थित दुप्चेश्वर

एकीकृत समाजवादीको निष्कर्ष : तत्काल कसैसँग एकता सम्भव छैन, जनताको घर-घर जाने

काठमाडौं- माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले तत्काल कुनै पार्टीसँग

अफगानिस्तानमा गाडी दुर्घटना हुँदा छ जनाको मृत्यु

एजेन्सी –दक्षिणी अफगानिस्तानको हेलमान्ड प्रान्तमा एक परिवार बोकेको एउटा गाडी

महिला सशक्तीकरणको आशलाग्दो अध्याय : राष्ट्रपतिदेखि पत्रकारको नेतृत्वसम्म

काठमाडौं- ‘कसैलाई पछि नछोडौँ’ भन्ने सिद्धान्तअनुसार दिगो विकासको लक्ष्य निर्धारण