एमालेले बोलायो विघटित संसदीय दलको बैठक, संसद् पुनर्स्थापनाको मुद्दा चर्काउने « Khabarhub

एमालेले बोलायो विघटित संसदीय दलको बैठक, संसद् पुनर्स्थापनाको मुद्दा चर्काउने


२४ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेले विघटित प्रतिनिधिसभाका सदस्यहरूको बैठक बोलाएको छ ।

मुलुकमा विकिसत पछिल्लो राजनीतिक जटिलता र असामान्य परिस्थितिबारे छलफल गर्न एमालेले निवर्तमान सांसदहरूको बैठक बोलाएको हो ।

विघटित प्रतिनिधिसभाका एमाले दलका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार मंसिर २ गते दिउँसो १ बजे बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।

बैठकलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले विशेष निर्देशन दिने तयारी गरिएको छ । बर्तौलाका अनुसार एमालेले अघि बढाएको संसद पुनस्थापनाको मुद्दालाई अन्य दलहरुलाई पनि सहमत गराउन पार्टी अध्यक्षले विशेष निर्देशन दिने भएका छन् ।

एमलेले फागुन २१ गते निर्वाचन हुन नसक्ने ठहर गर्दै संसद् पुनस्थापनाको मागलाई जोडदार रुपमा उठाउने निर्णय गरिसकेको छ ।

उता अर्को दल नेपाली कांग्रेसले पनि आइतबारदेखि संसद् पुनर्स्थापनाको पक्षमा हस्ताक्षर अभियान थालिसकेको ।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  १२ : ५० बजे

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

बाँके – बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै

एनपीएलमा पाकिस्तानी खेलाडीको सभागिता अन्योलमा : क्रिकइन्फो

काठमाडौं- क्रिकेट पोर्टल क्रिकइन्फोले नेपाल प्रिमियर लिग (एनपीएल) मा पाकिस्तानका

कांग्रेसमा व्यापक एकता भएको छ, बाँकीलाई पनि एकताबद्ध गर्छौं : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता कायम

एनपीएलका सात टोलीका लोगो अंकित एक्स्ट्रीमका ‘स्पेसल एडिसन’ क्यान सार्वजनिक

काठमाडौं – एक्स्ट्रीम इनर्जी ड्रिङ्कले नेपाल प्रिमियर लिग (एनपीएल) को