यी हुन् संविधान र शिक्षा ऐनले समेट्न नसकेका विषय « Khabarhub

यी हुन् संविधान र शिक्षा ऐनले समेट्न नसकेका विषय



संघीयताले आकांक्षा बढाएको छ । यो राम्रो हो । तर त्यो आकांक्षालाई व्यवस्थित गर्न हाम्रो राजनीतिक नेतृत्व, कर्मचारीतन्त्र दुवैले विकेन्द्रीकरण बुझेको रहेनछ । चाहेको पनि रहेनछ त्यसैले व्यवस्थापन गरेको पाइएन ।

संघीय शिक्षा ऐन बनेन । नबनेपछि कतै ऐन कतै नियम बनाउन सबैले सिके । तर देश भरि एउटै भएन । त्यसैले यो स्थानीय सरकारलाई तिमीहरूले जे–जे बनाउँछौ बनाऊ । ऐन, नियमावली, कार्य योजना बनाऊ । तर पछि बाझिएको हकमा स्वतः खारेज गर भनेर भन्ने किसिमको हिम्मत भएको हाम्रो नेतृत्व रहेन ।

निजी विद्यालयलाई के गर्ने त ? नियमन भएका छैनन् । कहीँ दुर्गम क्षेत्रमा पठाउने हो की ? सरकार र निजी स्कुलको बिचमा डिजाइन के हो ? कसैले बनाएन ।

शिक्षा निःशुल्क र अनिवार्य भनेर संविधानमा उल्लेख गरियो । तर यो जिम्मा कसको हो भनेर भनेको छैन । यो कसैको हिम्मत नै छैन । पालिकाले निःशुल्क गर्ने भन्दा पनि शिक्षकले विरोध गरेको छ । किनभने पैसा उठाउन पाएन ।

अदालत एउटा निर्णय गर्दछ । शिक्षा विभागले अर्को पठाउँछ । मानव स्रोत विकास केन्द्रले अर्कै नौटंकी देखाउँछ । यदि संघीय सरकारको चिन्तन हो भने स्थानीय सरकारले अनिवार्य निःशुल्क शिक्षा गराउनै पर्दछ । प्राइभेट स्कुललाई के गर्ने ? त्यो पनि भन्दिनु पर्‍यो ।

संविधानको धारा ४० लाई हेर्ने हो भने उच्च शिक्षालाई पनि निःशुल्क गर्नु पर्दछ भनिएको छ । न पालिकामा पैसा । न कसैले विश्वविद्यालयहरूसँग सहकार्य गरेको छ । त्यसैले यो धारा ४० को अपमान गरेको छ ।

गुणस्तरीय शिक्षा भनिएको छ । तर त्यो कसको जिम्मा हो ? त्यो नै खुलाइएको छैन । साझा हैन । यसको हो अरूले नेतृत्व गर्ने हो । मात्र भन्दिएको भए व्यवहारिक शिक्षा हुन्थ्यो ।
पढाई व्यवहारिक भएन । वैज्ञानिक भएन । जनमुखी भएन । उत्पादनसँग जोडिएन भनेर जुन बकबक गरेर दिक्क पारेका छन् । संविधानको धारा ५१ को (ज) ले त्यो उल्लेख गरिएको छ । तर त्यो कसको जिम्मा हो त्यो उल्लेख छैन ।

उच्च शिक्षालाई सर्वसुलभ हो की गुणस्तरमा आधारित हो भने टिक्ने कसरी हो ? सर्वसुलभ हो भने जाँच्नु पर्ने होला । यो दलीय कारणले दलीयता असाध्यै बलियो भएर गयो ।

तर त्यसको असर स्थानीय सरकारमा पर्‍यो । स्थानीय सरकार जनताको हुनु पर्ने दलप्रति बफादार भयो । १२ कक्षा पास गरेपछि एनओसी दिने की बिए पास गरे पछि दिने ? यो कुरा पनि लेखेको छैन ।

यसले अनुसूची ८ हो कि ९ केमा काम गर्ने हो ? त्यो पनि खुलाएको छैन । किनभने शिक्षा नीतिले अनुसूची ९ समात्यो । त्यसले अनुसूची ८ छोएको नै छैन । किनभने बालबालिका व्यवस्थापन संघीय सरकारले गर्ने हो त ? अदालतका मान्छेहरूले पनि हुनु पाई भनेर ‘दोग्ला दुई जिब्रे’ गर्नु भएको छ ।

स्कुल १२ कक्षा भएको हो कि क्याम्पस तल आएको हो ? स्कुलमाथि गएको हो भने यहाँ व्यवस्थापन, विज्ञान पढाई भनेर लेख्न पाइन्छ ? तर शिक्षा मन्त्रालय हेरेर बस्छ । त्यो बेला गर्ने भनेर अहिलेको शिक्षा ऐनले समेटेको छैन ।

राम्रो गर्ने विद्यालयहरूलाई गर भनेर कसैले भनेको छैन । राम्रो गर्नेलाई अगाडी ल्याउन सकेन भने त कसरी अगाडी गइन्छ त ?

यो मातृभाषा शिक्षा हो कि ? मातृभाषा माध्यमको शिक्षा हो कि ? मातृभाषा जोगाउन खोजिएको हो कि के हो ? केही खुलाएको छैन । मातृभाषा माध्यमको भन्दा पनि विषयका रूपमा पढाएको छ ।

विषय, माध्यम भाषाको संरचना के खोजेको हो त ? र, त्यो कसले गर्ने भनेर खुलाउन सकेको भए यो ऐनले न्याय गर्दथ्यो । त्यसैले ऐनले सबैलाई खुसी पार्न बल गर्‍यो । कतै पनि नबन्ने किसिमको रंगढंगमा फस्यो ।

(खबरहबले आयोजना गरेको ‘संघीय शिक्षा ऐन र संघीयतामा शिक्षाको सुधार’ विषयमा शिक्षाविद् डा. विद्यानाथ कोइरालाले राखेको धारणाको सम्पादित अंशःप्रस्तुति : पुष्पाञ्जली बस्नेत)

https://www.facebook.com/watch/?v=872102607102960

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  २ : ४५ बजे

सरकारलाई मनिष झाले भने : गरिबको मात्रै घरटहरा नभत्काइयोस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले जनकपुरधाममा सार्वजनिक जग्गा

ऐन महरले भने- ठक्कर दिई ब्याक गरी किचेर मार्नेलाई कडा कारबाही गरियोस् 

काठमाडौं– नेकपा (एमाले) का सांसद ऐन बहादुर महरले कैलालीको अत्तरियामा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, अर्का घाइते

महेन्द्रनगर– मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

तीन सय ६७ किलो गाँजासहित तीन पक्राउ

काठमाडौं– प्रहरीले उदयपुर र चितवनबाट तीन जनालाई पक्राउ गरेको छ

बडीमालिका क्षेत्रमा पुग्यो टेलिफोन र इन्टरनेट सेवा 

काठमाडौं– बाजुराको बडीमालिका क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवा पुगेको छ