राजदूत भण्डारी र कुवेतको पीएएमका महानिर्देशक आजमीबीच भेट, नेपाली कामदारका समस्याबारे छलफल  « Khabarhub

राजदूत भण्डारी र कुवेतको पीएएमका महानिर्देशक आजमीबीच भेट, नेपाली कामदारका समस्याबारे छलफल 



दोहा – कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारी र कुवेत सरकार, पब्लिक अथोरिटी अफ मेनपावर (पीएएम)का महानिर्देशक डा. मुबारक अल आजमी भेटवार्ता भएको छ।

उनीहरुबीच सोमबार पीएएमको कार्यालयमा भएको भेटवार्तामा नेपाल-कुवेत द्विपक्षीय सम्बन्ध लगायत विशेषतः नेपाली आप्रवासी कामदारसँग सम्बन्धित विषयमा कुराकानी भएको त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ।

भेटका अवसरमा कोभिड-१९ महामारीबाट कुवेतको रोजगारीमा परेको असर र हाल नेपाली कामदारका समस्याका बारेमा छलफल भएको जनाइएको छ। ‘नेपाली कामदारको प्रवेशाज्ञा जारी, नवीकरण, आवास तथा तलब सुविधा, रोजगारीको सुरक्षा, नेपाल र कुवेतबीच हवाई सेवाको क्षेत्रमा भएको थप विकास, विस्तार र यसबाट कामदारहरूको आवत-जावतमा परेको सकारात्मक प्रभाव बारे कुराकानी भएको छ।’ दूतावास स्रोतले भनेको छ।

रोजगारीका नयाँ क्षेत्रहरूमा नेपालीका लागि अवसर विस्तार गर्नेमा पनि कुवेत सरकार सकारात्मक रहेको दूतावासले जनाएको छ। भेटमा राजदूत भण्डारीसँगै दूतावासका द्वितीय सचिव जानकी ओझा, श्रम सहचारी हेमकुमार अधिकारी तथा सहचारी नवीन पराजुली पनि उपस्थित थिए।

यस्तै कुवेती पक्षबाट पीएएमका महानिर्देशक डा. अल आजमीसँगै अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख जाबेर अल-अली र राजनीति विज्ञान अनुसन्धानकर्ता अब्दुल्ला अल-हर्बीको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  ७ : ३० बजे

विद्रोहको मुद्दा सम्बोधन नगरी कसरी हुन्छ चुनाव ?

भाद्र २३ र २४ गतेको जेन-जी विद्रोह केवल क्षणिक राजनीतिक

एलडिसी बैठक : वित्तीय एवं एकीकृत सहयोगमा नेपालको जोड

काठमाडौं– नेपालले अल्पविकसित राष्ट्रहरू (एलडिसी)को विकासशील देशका रूपमा हुने रूपान्तरण

निर्वाचनको तयारीबारे छलफल गर्न सर्वपक्षीय बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सर्वपक्षीय बैठक बस्न लागेको छ

यस्तो छ आजको सागसब्जी र फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

मधेशमा सरकार गठनको दौड : मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने आज अन्तिम दिन

जनकपुरधाम– मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरूले आज दाबी