राजदूत भण्डारी र कुवेतको पीएएमका महानिर्देशक आजमीबीच भेट, नेपाली कामदारका समस्याबारे छलफल  | Khabarhub Khabarhub

राजदूत भण्डारी र कुवेतको पीएएमका महानिर्देशक आजमीबीच भेट, नेपाली कामदारका समस्याबारे छलफल 



दोहा – कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारी र कुवेत सरकार, पब्लिक अथोरिटी अफ मेनपावर (पीएएम)का महानिर्देशक डा. मुबारक अल आजमी भेटवार्ता भएको छ।

उनीहरुबीच सोमबार पीएएमको कार्यालयमा भएको भेटवार्तामा नेपाल-कुवेत द्विपक्षीय सम्बन्ध लगायत विशेषतः नेपाली आप्रवासी कामदारसँग सम्बन्धित विषयमा कुराकानी भएको त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ।

भेटका अवसरमा कोभिड-१९ महामारीबाट कुवेतको रोजगारीमा परेको असर र हाल नेपाली कामदारका समस्याका बारेमा छलफल भएको जनाइएको छ। ‘नेपाली कामदारको प्रवेशाज्ञा जारी, नवीकरण, आवास तथा तलब सुविधा, रोजगारीको सुरक्षा, नेपाल र कुवेतबीच हवाई सेवाको क्षेत्रमा भएको थप विकास, विस्तार र यसबाट कामदारहरूको आवत-जावतमा परेको सकारात्मक प्रभाव बारे कुराकानी भएको छ।’ दूतावास स्रोतले भनेको छ।

रोजगारीका नयाँ क्षेत्रहरूमा नेपालीका लागि अवसर विस्तार गर्नेमा पनि कुवेत सरकार सकारात्मक रहेको दूतावासले जनाएको छ। भेटमा राजदूत भण्डारीसँगै दूतावासका द्वितीय सचिव जानकी ओझा, श्रम सहचारी हेमकुमार अधिकारी तथा सहचारी नवीन पराजुली पनि उपस्थित थिए।

यस्तै कुवेती पक्षबाट पीएएमका महानिर्देशक डा. अल आजमीसँगै अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख जाबेर अल-अली र राजनीति विज्ञान अनुसन्धानकर्ता अब्दुल्ला अल-हर्बीको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  ७ : ३० बजे

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न

लगानी सम्मेलन : केही अनुत्तरित प्रश्न

सरकारले ०८१ वैशाख १६ र १७ गते २ दिन अन्तरराष्ट्रिय

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

कञ्चनपुर– कञ्चनपुरकी कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक

१६ औं योजना : महिला तथा बालबालिका कति प्राथमिकतामा ?

काठमाडौं – राष्ट्रिय योजना आयोग १६औं आवधिक योजना सार्वजनिक गर्ने

शनिबारदेखि कीर्तिपुरमा नेपाल र वेस्ट इन्डिजको सिरिज

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित