राजदूत भण्डारी र कुवेतको पीएएमका महानिर्देशक आजमीबीच भेट, नेपाली कामदारका समस्याबारे छलफल  « Khabarhub

राजदूत भण्डारी र कुवेतको पीएएमका महानिर्देशक आजमीबीच भेट, नेपाली कामदारका समस्याबारे छलफल 



दोहा – कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारी र कुवेत सरकार, पब्लिक अथोरिटी अफ मेनपावर (पीएएम)का महानिर्देशक डा. मुबारक अल आजमी भेटवार्ता भएको छ।

उनीहरुबीच सोमबार पीएएमको कार्यालयमा भएको भेटवार्तामा नेपाल-कुवेत द्विपक्षीय सम्बन्ध लगायत विशेषतः नेपाली आप्रवासी कामदारसँग सम्बन्धित विषयमा कुराकानी भएको त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ।

भेटका अवसरमा कोभिड-१९ महामारीबाट कुवेतको रोजगारीमा परेको असर र हाल नेपाली कामदारका समस्याका बारेमा छलफल भएको जनाइएको छ। ‘नेपाली कामदारको प्रवेशाज्ञा जारी, नवीकरण, आवास तथा तलब सुविधा, रोजगारीको सुरक्षा, नेपाल र कुवेतबीच हवाई सेवाको क्षेत्रमा भएको थप विकास, विस्तार र यसबाट कामदारहरूको आवत-जावतमा परेको सकारात्मक प्रभाव बारे कुराकानी भएको छ।’ दूतावास स्रोतले भनेको छ।

रोजगारीका नयाँ क्षेत्रहरूमा नेपालीका लागि अवसर विस्तार गर्नेमा पनि कुवेत सरकार सकारात्मक रहेको दूतावासले जनाएको छ। भेटमा राजदूत भण्डारीसँगै दूतावासका द्वितीय सचिव जानकी ओझा, श्रम सहचारी हेमकुमार अधिकारी तथा सहचारी नवीन पराजुली पनि उपस्थित थिए।

यस्तै कुवेती पक्षबाट पीएएमका महानिर्देशक डा. अल आजमीसँगै अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख जाबेर अल-अली र राजनीति विज्ञान अनुसन्धानकर्ता अब्दुल्ला अल-हर्बीको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  ७ : ३० बजे

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण