सिन्धुलीमा लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान सुरु « Khabarhub

सिन्धुलीमा लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान सुरु


२९ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

कमलामाई – लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु रोगको जोखिम सिन्धुलीमा बढेको छ। छोटो अवधिमै डेङ्गु रोगका बिरामी ह्वात्तै बढेका सिन्धुली अस्पतालका डा सागर देवकोटाले जानकारी दिए।

दिनकै दुई–तीन बिरामीमा डेङ्गु रोगको सङ्क्रमण देखिएको उनको भनाइ छ। साउनयता मात्रै बिरामी भएर अस्पताल आएका ९७ जनामा उक्त रोग देखिएको जनाइएको छ। उनले भने, ‘सबैभन्दा बढी कमलामाई नगरपालिकामा ७४ जनामा डेङ्गुको सङ्क्रमण भएको पाइयो।’

यसैगरी दुधौली नगरपालिकामा सात, गोलञ्जोर गाउँपालिकामा पाँच, तीनपाटन गाउँपालिकामा चार, मरिण गाउँपालिका र घ्याङलेख गाउँपालिकाका तीन-तीन जनामा डेङ्गु भाइरसको सङ्क्रमण भएको पाइएको छ। तीमध्ये १२ बिरामी अस्पतालको शय्यामा उपचारत छन्। केही बिरामी चिकित्सकको सल्लाहमा घरमै आराम गरिरहेका उनले बताए। दश डेङ्गुका बिरामीलाई भने उपचारमा आवश्यक पर्ने रगत प्लेटलेट्सको अभावका कारण अन्यत्र पठाउनुपरेको डा देवकोटाले सुनाए। यो तथ्याङ्क साउन १ देखि भदौ २८ सम्मको हो।

डेङ्गुको सङ्क्रमण जिल्लामा तीव्रगतिमा फैलिरहेको उनको अनुमान छ। डेङ्गुको लक्षण देखिएका कतिपय बिरामी घरमै तातोपानी खाने, सिटामोलको प्रयोग गरी बसेकाले जिल्लामा बिरामीको यकिन तथ्याङ्क सङ्कलन हुन नसकेको उनले बताए।

कमलामाई नगरपालिकाले नगर स्वास्थ्य शाखामार्फत डेङ्गु रोग नियन्त्रणका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेर लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने टोली परिचालन गरेको नगरप्रमुख उप्रेन्द्रकुमार पोखरेल जानकारी दिए। उनका अनुसार मङ्गलबारदेखि नगरका स्वास्थ्य शाखाका कर्मचारी र नगर स्वास्थ्य स्वयंसेविकाको टोली लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने काममा परिचालित भएका हुन्। स्वास्थ्य कार्यालयको समन्वयमा डेङ्गु रोग नियन्त्रणका लागि स्प्रे छर्किने तयारी छ।

डेङ्गु भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य कार्यालय, सिन्धुली अस्पताललगायत पालिकाका स्वास्थ्य शाखा र स्वास्थ्य संस्थाले संयुक्तरूपमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको पनि जनाएका छन्। चिकित्सकका अनुसार डेङ्गु रोग डेङ्गु भाइरसबाट सङ्क्रमित एडिज जातको लामखुट्टेको टोकाइबाट मात्र सर्दछ। थोरै मात्र पानी जम्मा भएको भाँडामा पनि यो लामखुट्टेले फुल पार्दछ र यसको वृद्धि विकास हुन्छ।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  ८ : १६ बजे

रविविरुद्धका मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको निर्णयलाई चुनौती दिँदै सर्वोच्चमा रिट

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दायर सम्पत्ति शुद्धीकरण

घरधनीकै योजनामा एसबीआई बैंकको शाखा लुटपाट, छविलालले हतियार व्यवस्थापनसँगै सूचना दिएका थिए

काठमाडौं-सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ हायुटारस्थित नेपाल एसबीआई बैंकको शाखामा गत पुस

चितवन पुगेर प्रचण्डले भने- कांग्रेसको फुटले निर्वाचनलाई असर गर्दैन

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसको फुटका

हामीले आधिकारिकता नपाए देशभर आन्दोलन हुन्छ : खड्का

काठमाडौं- निर्वाचन आयोगले विधान अनुरूप आफूहरुलाई आधिकारिकता नदिए देशभर आन्दोलन

अफगानिस्तानमा खाद्य असुरक्षा : महिला र बालबालिका सबैभन्दा प्रभावित

काबुल– अफगानिस्तानमा कुपोषण सङ्कटले महिला तथा बालबालिकामाथि गम्भीर असर पुर्‍याइरहेको