निमोनियाले सिकिस्त बालकलाई आर्थिक सहयोग  « Khabarhub

निमोनियाले सिकिस्त बालकलाई आर्थिक सहयोग 


२९ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

खोटाङ – निमोनियाले सिकिस्त बिरामी भएपछि अस्पताल पुर्‍याइएका बालकलाई आर्थिक सहयोग जुटेको छ। बिरामी परेपछि शुभेच्छुक तथा जिल्ला अस्पतालको सहयोगमा कान्तिबाल अस्पताल पुर्‍याइएका दिप्रुङ चुईचुम्मा गाउँपालिका–३ छोरम्बुका १६ महिने बालक रेवन राईलाई ६२ हजार ३०० रुपैयाँ सहयोग जुटेको हो। पत्रकार कृष्णकला राईको पहलमा ६ दाताबाट २२ हजार ३०० सहयोग जुटेको हो। संकलित रकम किशोर राईको नाममा आइएमई गरेर पठाइएको पत्रकार राईले बताइन्।

यस्तै, प्रतिनिधिसभा सांसद हिरा गुरुङले १ हजार, कांग्रेस केन्द्रीय सदस्य सरस्वती बजीमयले ३ हजार, साकेला गाउँपालिका अध्यक्ष रबिप्रकाश राईले १ हजार, दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले १० हजार, कांग्रेस नेता धर्मराज पोखरेलले ४ हजार, दिप्रुङ चुईचुम्मा गाउँपालिकाका निवर्तमान गाउँपालिका उपाध्यक्ष सपना राईले ३ हजार र दिप्रुङ चुईचुम्मा गाउँपालिका–३ छोरम्बुका वडाध्यक्ष भूपेन्द्र बस्नेतले १० हजार गरी ४० हजार सहयोग जुटेको छ।

दलका नेता, जनप्रतिनिधि एवं समाजसेवीले सोमबार अस्पतालमै पुगेर सहयोग रकम हस्तान्तरण गरेका हुन्। हाल दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खा बस्दैआएका रोजन राई र मनिला राईको दोस्रो सन्तान रेवनलाई आइतबार राति कान्तिबाल अस्पताल लगिएको थियो।

श्वास फेर्न गाह्रो भएपछि र औषधिले स्वास्थ्यमा सुधार नभएपछि अस्पतालले बालकलाई तत्काल अन्यत्र लैजान रिफर  गरेको थियो। आर्थिक अभावमा दिनभर जिल्ला अस्पतालमै अल्झिएका बालकलाई राति काठमाडौं पठाइएको हो।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  ९ : ०५ बजे

रविविरुद्धका मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको निर्णयलाई चुनौती दिँदै सर्वोच्चमा रिट

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दायर सम्पत्ति शुद्धीकरण

घरधनीकै योजनामा एसबीआई बैंकको शाखा लुटपाट, छविलालले हतियार व्यवस्थापनसँगै सूचना दिएका थिए

काठमाडौं-सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ हायुटारस्थित नेपाल एसबीआई बैंकको शाखामा गत पुस

चितवन पुगेर प्रचण्डले भने- कांग्रेसको फुटले निर्वाचनलाई असर गर्दैन

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसको फुटका

हामीले आधिकारिकता नपाए देशभर आन्दोलन हुन्छ : खड्का

काठमाडौं- निर्वाचन आयोगले विधान अनुरूप आफूहरुलाई आधिकारिकता नदिए देशभर आन्दोलन

अफगानिस्तानमा खाद्य असुरक्षा : महिला र बालबालिका सबैभन्दा प्रभावित

काबुल– अफगानिस्तानमा कुपोषण सङ्कटले महिला तथा बालबालिकामाथि गम्भीर असर पुर्‍याइरहेको