रसुगागढी हाइड्रोपावरको आईपीओ बाँडफाँट « Khabarhub

रसुगागढी हाइड्रोपावरको आईपीओ बाँडफाँट


२९ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – रसुवागढी हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीयलाई बिक्री गरेको आईपीओ बाँडफाँट भएको छ।

कम्पनीले २३ असारदेखि ३१ साउनसम्म आयोजना प्रभावितलाई ६८ लाख ४२ हजार एक सय कित्ता सेयर निष्कासन गरेको थियो। उक्त सेयर रीतपूर्वक आवेदन दिएका आवेदकहरूलाई मंगलबार बाँडफाँट गरिएको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जानकारी गराएको छ ।

आईपीओमा आयोजनाबाट अति प्रभावित क्षेत्र गोसाइँकुण्ड, वडा नम्बर १ थुमन र वडा नम्बर २ टिमेरे तथा प्रभावित क्षेत्र आमाछोदिङमो गाउँपालिका वडा नम्बर ४ गोल्जुङ र वडा नम्बर ५ चिलिमेका बासिन्दाले आवेदन दिन दिएका थिए । यस्तै, गोसाइँकुण्ड गाउँपालिकाका बाँकी वडाहरू वडा नम्बर ३ बृद्धम, वडा नम्बर ४ लाङटाङ, वडा नम्ब्र ५ स्याफ्रुबेशी र वडा नम्बर ६ धुन्चे तथा सामान्य प्रभावित जिल्लाका बाँकी सबै बासिन्दाहरुले पनि आवेदन दिएका थिए।

सेयर बाँडफाँटको नतिजा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल तथा सह–बिक्री प्रबन्धकहरु एनआइबीएल एस क्यापिटल, ग्लोबल आइएमई क्यापिटल र सनराइज क्यापिटलको वेबसाइटबाट हेर्न सकिनेछ।

साथै, सीडीएस एन्ड क्लियरिङ लिमिटेडले आईपीओ नतिजा हेर्न बनाएको https://iporesult.cdsc.com.np/ बाट पनि रिजल्ट हेर्न सकिन्छ।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  १२ : १० बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले