खोटाङबाट राप्रपाका उम्मेदवार सिफारिस « Khabarhub

खोटाङबाट राप्रपाका उम्मेदवार सिफारिस


२९ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

खोटाङ – राष्ट्रिय प्रजातन्त्र पार्टी खोटाङले प्रतिनिधिसभा र प्रदेश सभाका निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ। आसन्न ४ मंसिरका लागि तोकिएको निर्वाचनका लागि राप्रपाले प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ अर्जुन राई, सर्जु श्रेष्ठ, रबिन राई र जगदीश राजभण्डारीको नाम सिफारिस गरेको छ।

प्रतिनिधिसभाका लागि समानुपातिकतर्फ अर्जुन राई, जगदीश राजभण्डारी, शोभा राई र भरुमायाँ विश्वकर्माको नाम सिफारिस गरिएको राप्रपा खोटाङका अध्यक्ष ललितकुमार राईले बताए।

यस्तै, प्रदेश सभा (क) बाट प्रत्यक्षतर्फ गुण राजभण्डारी, सर्जु श्रेष्ठ र मोतीचन्द्र राई सिफारिस भएका छन्। समानुपातिकमा ललितकुमार राई, विजयकला राई, जगदीश राजभण्डारी, नरबहादुर रम्तेल र तारादेवी श्रेष्ठको नाम सिफारिस गरिएको राप्रपाले जनाएको छ।

प्रदेश सभा (ख)बाट प्रत्यक्षमा अर्जुन राई, ललितकुमार राई, तारादेबी श्रेष्ठ र ताराकुमार थापाको नाम सिफारिस गरिएको छ। समानुपातिकमा अर्जुन राई, कृष्णकुमारी राई, ताराकुमार थापा, कैलाश भट्टराई र नन्दकिशोर बञ्जरा सिफारिस भएको अध्यक्ष राईले जानकारी दिए।

मंगलबार जिल्ला समन्वय समितिको हलमा भएको भेला एवं छलफलबाट राप्रपाले उम्मेदवारको नामावली टुंग्याएको हो। हलको मागका आधारमा अर्जुन राईको नाम भने संघ र प्रदेशमै पठाइएको राप्रपाले जनाएको छ। अर्जुन संविधानसभा सदस्य पनि हुन्।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  १२ : २५ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते