पूर्वी नवलपरासीमा डेङ्गु परीक्षण किटको अभाव « Khabarhub

पूर्वी नवलपरासीमा डेङ्गु परीक्षण किटको अभाव


२९ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

मध्यविन्दु- पूर्वी नवलपरासीमा डेङ्गु परीक्षण किटको अभाव भएको छ । देशभर डेङ्गुको सङ्क्रमण बढिरहँदा यहाँ पनि सङ्क्रमणको जोखिम तीव्र छ तर परीक्षण किट नहुँदा बिरामी अन्यत्र अस्पताल जानुपर्ने बाध्यता सिर्जना भएको छ ।

जिल्ला अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीका अनुसार १५ दिनदेखि जिल्ला अस्पतालमा डेङ्गु परीक्षण किटको अभाव भएको छ । डेङ्गुसँग मिल्दोजुल्दो लक्षण भएका बिरामी अस्पताल आए पनि परीक्षण गर्न नपाउँदा अन्य अस्पतालमा परीक्षणका लागि पठाउनुपर्ने बाध्यता भएको सुवेदीले बताए। जिल्ला अस्पतालमा साउन र भदौ गरी अहिलेसम्म नौ जना मात्रै डेङ्गुका बिरामी फेला परेका छन् ।

सूचना अधिकारी सुवेदीले भने, “उच्च ज्वरोका बिरामी धेरै नै आउनुभएको छ, तर परीक्षण किट अभावले डेङ्गुबाहेकको ज्वरोका अन्य कारण पहिचान र परीक्षण गरी उपचार गरेका छौं ।” सम्भावित बिरामीलाई नजिकको अस्पतालमा परीक्षणका लागि पठाएर पनि उपचार गरेको सुवेदीले बताए। डेङ्गु परीक्षण किट नेपाल सरकारले निःशुल्क रुपमा उपलब्ध गराउने गरेको छ ।

पटक पटक प्रदेश सरकारसँग माग गरिएको भए पनि प्रदेश आपूर्ति व्यवस्थापन महाशाखामा पनि किट अभाव भएका कारण उपलब्ध हुन नसकेको सुवेदीले जानकारी दिए।

अहिले ओपिडीमा दैनिक २० जना डेङ्गुका सम्भावित बिरामी आउने गरेको जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा कमलराज न्यौपानेले बताए। सेतो रगतको कमी वा गम्भीर बिरामीहरुलाई मात्रै अस्पताल भर्ना गरेर उपचार गरेको भन्दै डा न्यौपानेले भने, “डेङ्गु किटको अभाव भए पनि अन्य अस्पतालमा परीक्षण गरेर रिपोर्टअनुसार उपचार गरेका छौँ,दैनिक दुई जना डेङ्गुका बिरामी भर्ना भएका छन् ।”

जिल्लाको सरकारी अस्पतालमा नै डेङ्गुको परीक्षण नहुँदा सेवाग्राही निजी अस्पतालमा महँगो शुल्क तिर्न बाध्य भएका छन् । सूचना अधिकारी सुवेदीका अनुसार जिल्ला अस्पतालमा डेङ्गुको मात्रै होइन स्क्रब टाइफसको परीक्षण किटको पनि अभाव रहेको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  १ : ४८ बजे

युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

तनहुँ– लाखेको मुखौटा लगाएर जब युवा नाच्न थाल्छन्, वरपरको वातावरण

यामाल चम्किएपछि स्पेनले क्रोएसियालाई ४-१ ले हरायो

काठमाडाैँ – युइएफए नेसन्स लिगअन्तर्गत समूह ‘सी’ को खेलमा स्पेनले

काभ्रे र सिन्धुपाल्चोक जोड्ने पुल ६ वर्षदेखि अलपत्र

काभ्रे– निर्माण व्यवसायीले तोकिएको समयमा काम सम्पन्न नगर्दा काभ्रेपलाञ्चोक र

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज १४ गते बुधबार सन् २०२६ सेप्टेम्बर

बैङ्किङ कसुरमा फरार रहेका एक व्यक्ति पक्राउ

काठमाडौँ– बैङ्किङ कसुर मुद्दामा २२ लाख बराबरको बिगो रहेका एक