‘बालअधिकार संरक्षणमा प्रदेश सरकार संवेदनशील’ « Khabarhub

‘बालअधिकार संरक्षणमा प्रदेश सरकार संवेदनशील’


२९ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले बालअधिकार संरक्षणमा प्रदेश सरकार संवेदनशील रहेको बताए ।

‘बालमैत्री समाजको आधार, जिम्मेवार परिवार, उत्तरदायी सरकार’ भन्ने मूल नाराका साथ देशैभरि विभिन्न कार्यक्रम भइरहेका बेला ‘राष्ट्रिय बाल दिवस, २०७९’ का अवसरमा बालबालिकालाई बधाई तथा शुभकामना दिँदै उनले कर्णालीमा बालबालिकाको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनमा महत्वपूर्ण काम भएको बताएका हुन् ।

आज एक शुभकामना सन्देश जारी गर्दै उनले भनेका छन् , ‘बालअधिकार सुनिश्चित तथा संवर्द्धन गर्न कर्णाली सरकारले ‘बैंक खाता छोरीको सुरक्षा जीवनभरिको’ कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ । यसअन्तर्गत यहाँका २० हजार छोरी लाभान्वित हुँदै आएका छन्, त्यस्तै विद्यालय तथा समुदायस्तरमा मनोसामाजिक परामर्श कार्यक्रम पनि सञ्चालन गरिएको छ ।’

मुख्यमन्त्रीसँग बालबालिका, विपन्न तथा जोखिममा रहेका बालबालिका सहयोग, सडक बालबालिका उद्धार तथा पुनःस्थापना, विपन्न तथा जेहेन्दार छात्रवृत्ति, विद्यालय नर्स कार्यक्रमसमेत सञ्चालन गरिएको बताउँदै उनले प्रदेश बालअधिकार समिति गठन प्रक्रिया अन्तिम चरणमा पुगेको जनाए ।

नेपालले संयुक्त राष्ट्र संघीय बालअधिकारसम्बन्धी महासन्धि अनुमोदन गरी बालबालिकाको विकास, संरक्षण र सहभागिता जस्ता विषयमा प्रतिबद्धता प्रकट गरेको दिन मात्र नभई प्रदेश सरकार सदैव बालअधिकार सुनिश्चित गर्न कटिबद्ध रहेको मुख्यमन्त्री शाहीले बताए ।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  २ : ०४ बजे

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन प्रणाली सुधार गर्न निर्देशन

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण र

‘मास्टर्नी’को प्रिमियरमा प्रियंकाको ‘सुक्क सुक्क’

काठमाडौं – नायिका प्रियंका कार्कीका लागि फिल्मको प्रिमियर एक सामान्य

एमालेलाई सघाएपछि राप्रपा बागमती दलका नेता थापा प्रदेश सभा र पार्टीबाट निलम्बित

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले बागमती प्रदेशस्थित संसदीय दलका नेता उद्धव

रविको जवाफ : प्रतिनिधि सभाको दुईतिहाइबाट मात्रै संविधान संशोधन सम्भव छैन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले आफ्ना सल्लाहकार अशिम शाहलाई खटाएर नेपालको

देउवालाई गगनको कटाक्ष : पाँच पटक प्रधानमन्त्री भएको व्यक्ति छैटौँ पटक हुन पाइनँ भनेर असन्तुष्ट हुन्छ

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाप्रति कटाक्ष