शिद्धबाबा पार्क निर्माण « Khabarhub

शिद्धबाबा पार्क निर्माण


२९ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

बेनी– म्याग्दीको पर्यटकीय स्थल टोड्केमा शिद्धबाबा पार्क निर्माण गरिएको छ । रघुगंगामंगला गाउँपालिका तथा बेनी नगरपालिकाको सिमा क्षेत्र समेटिएको पर्यटकीय टोड्केको भ्रमणमा जाने पर्यटकहरूलाई लक्षित गरि रघुगंगा गाउँपालिकाले पार्क निर्माण गरेको हो । 

पर्यटन विभागको पर्यटन उपज साझेदारी कार्यक्रम अन्तरगत गाउँपालिका र विभागको साझेदारीमा रघुगंगा गाउँपालिका वडा नं. ५ झिँको शिद्ध सामुदायिक वनमा उक्त पार्क निर्माण गरिएको हो ।

विभागको ७० लाख र गाउँपालिकाको ३१ लाख गरि १ करोड १ लाख लागत अनुमानको उक्त योजनामा खुसीहोम विल्डर्सले रु ६६ लाख ३२ हजार ८७ लाखमा ठेक्का सम्झौता गरेर पार्कको पूर्वाधार निर्माण गरेको हो । पार्क निर्माणको ७५ प्रतिशत भौतिक प्रगति भएको रघुगंगा गाउँपालिकाका इन्जिनियर सुदीप गौतमले जानकारी दिए ।

उनका अनुसार, पार्कमा ४ वटा विश्रामस्थल, एक वटा फाउन्टेन र एक वटा भवन निर्माण गरिएको छ । जङ्गलको बिचमा खाली रहेका ठाउँहरूलाई उपयोग गरि पदमार्ग समेत निर्माण गरिएको छ । पार्कभित्रको पदमार्गमा ढुंगाको सिँढी सँगै ढुंगा छपाउने तयारी गरिएको छ । पार्कभित्र मात्रै १८२ मिटर पदमार्ग निर्माण हुनेछ ।

झिँ गाउँदेखि पार्कसम्म जाने पदमार्ग समेत निर्माण गरिएको छ । महेन्द्र मावि झिँ देखि २४० मिटर रेलिङ सहितको पदमार्ग निर्माण सम्पन्न भैसकेको छ । पार्कभित्र ढुंगाका छपनी बिच्छाउने, पार्क परिसरमा फुल प्रजातिका बिरुवा रोपन र पार्कसम्म जाने पदमार्ग अन्तरगत भीरकुनामा प्रतीक्षालय बनाउने काम बाँकी रहेको वडा अध्यक्ष मनबहादुर शेरमञ्जाले जानकारी दिए ।

‘झिँदेखि पार्क हुँदै टोड्के मोटरबाटो र पदमार्ग दुवैले जोडिएको छ, पार्कका पूर्वाधार बनेसँगै पर्यटकहरू थप आकर्षित भएका छन्, जंगलभित्रको पार्क शान्त वातावरणमा मनोरञ्जन लिनेहरूको लागि आकर्षणको केन्द्र बन्न थालेको छ ‘-वडा अध्यक्ष शेरमञ्जाले भने । झिँलाई रघुगंगाले सांस्कृतिक गाउँ घोषणा गरेको छ । गाउँमा पर्यटक लोभ्याउनुको लागि सांस्कृतिक पार्क समेत निर्माण सुरु गरिएको छ । यस क्षेत्रको भ्रमणमा जाने पर्यटकहरुको सुविधाको लागि झिँमा होमस्टे (घरवास) र टोड्केमा निजी क्षेत्रबाट रिसोर्ट सञ्चालनमा रहेको छ । 

समुद्री सतहदेखि दुई हजार ३८० मिटरको उचाइमा अवस्थित टोड्केबाट धौलागिरि र अन्नपूर्ण हिमशृङ्खलाका आधा दर्जन हिमालहरूलाई अवलोकन गर्न सकिन्छ भने सूर्योदय, गुराँसे जंगल, पहाडी भूगोल र ग्रामीण मगर संस्कृतिको अवलोकनका हिसाबले महत्वपूर्ण पर्यटकीय स्थलको रुपमा परिचित छ । रघुगङ्गा गाउँपालिकाको अगुवाइमा टोड्केमा फुटबल समेतको बहुउद्देश्यीय हाईअल्टीच्युट खेल मैदान निर्माण थालनी भएको छ । टोड्केमा वनभोज पार्क, टोड्के तपोभुमी शिवालय घेराबार, पार्क कम्पाउण्ड, शौचालय र खानेपानी निर्माण लगायतका पूर्वाधारहरू निर्माण समेत गरिएको छ । 

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  ३ : ३९ बजे

सुस्तावासीको माग- भारतको सामना गर्न लालपुर्जा, नागरिकता र ’जङ्गे पिलर’ देऊँ

काठमाडौं– नवलपरासी सुस्ता क्षेत्रका बासिन्दाले आफूहरू नेपाली नागरिक भएको प्रमाणपत्र

लुम्बिनीमा कांग्रेस इतर पक्षको भेला

काठमाडौं- नेपाली कांग्रेस इतर समुहको लुम्बिनी प्रदेशस्तरीय भेला दाङको लमहीमा

सभामुख डीपी अर्यालद्वारा नागढुंगा सुरुङमार्गको निरीक्षण (तस्बिरहरू)

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डीपी अर्यालले नागढुंगा सुरुङमार्गको निरीक्षण गरेका छन्

‘ह्यासमेन्ट महसुस’ गरेको घटनामा प्रहरीले असहयोग गरेको नायिका उषाको गुनासो

काठमाडौं- संजोक कार्की नाम एक युवाले राति बारम्बार कल गरेको

ओलीको दाबी- सरकारको हस्तक्षेपका कारण एन्फा कारबाहीमा परेको हो 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भाद्र २३ र