नेप्सेमा उच्च अङ्कको वृद्धि « Khabarhub

नेप्सेमा उच्च अङ्कको वृद्धि


२९ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ४७ दशमलव ४४ अङ्कले उकालो लागेर एक हजार नौ सय ८१ दशमलव ४८ अङ्कमा पुगेको छ ।

यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक नौ दशमलव १९ अङ्कले वृद्धि भई तीन सय ८५ दशमलव ३६ मा पुगेको छ । कूल दुई सय २७ कम्पनीको ४६ लाख १८ हजार पाँच सय १६ कित्ता शेयर रु एक अर्ब ४५ करोड ३८ लाख २४ हजार छ सय ५० मूल्यमा खरिद बिक्री भए ।

नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । बैङ्किङ २४ दशमलव ४६, व्यापार एक सय सात दशमलव २९, होटल तथा पर्यटन ६६ दशमलव ९७, विकास बैंक एक सय ६० दशमलव ८९, जलविद्युत् ७८ दशमलव ६१, वित्त ९७ दशमलव १३, निर्जीवन बीमा एक सय १६ दशमलव ९६, उत्पादन एक सय ११ दशमलव ७५, अन्य ४० दशमलव पाँच, लघुवित्त एक सय छ दशमलव ३३, सामूहिक लगानी कोष शून्य दशमलव १८ र लगानी एक दशमलव ५६ अङ्कले वृद्धि भएको छ । बुधबारको कारोबारपछि बजार पूँजीकरण रु २८ खर्ब ४२ अर्ब २१ करोड ९४ लाख ९७ हजार नौ सय ९६ बराबर रहेको छ ।

नेप्सेका अनुसार कारोबारका आधारमा नबिल बैंक शीर्ष स्थानमा छ । सो बैंकको रु छ करोड ५१ लाख ६९ हजार तीन सय २८ बराबरको कारोबार भयो । गुर्खाज फाइनान्स रु चार करोड ५७ लाख सात हजार सात सय २२, हिमालयन एभरेष्ट इन्सुरेन्स रु चार करोड ३४ लाख ४७ हजार, अपी पावर कम्पनी रु चार करोड २९ लाख ६८ हजार छ सय र हिमालयन डिस्टिलरीको रु तीन करोड ९२ लाख ३७ हजार आठ सय १७ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार, ग्रिन डेभलपमेन्ट बैंकको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । लिबर्टी इनर्जी आठ दशमलव ३२, युनाइटेड मोदी हाइड्रो पावर कम्पनी सात दशमलव ८१, सामुदायिक लघुवित्त सात दशमलव ८०, गुर्खाज फाइनान्स कम्पनीका लगानीकर्ताले सात दशमलव ७२ प्रतिशतले कमाएका छन् ।

त्यस्तै, एनआइसी एसिया क्याप फन्ड १०, एनआइबिएल प्रगति फन्ड आठ दशमलव ९५, सनराइज फस्ट म्युचुअल फन्ड सात दशमलव ६७, सानिमा लार्ज क्याप फन्ड तीन दशमलव १९, मैलुङ खोला जलविद्युत् कम्पनीका लगानीकर्ताले दुई दशमलव ६५ प्रतिशतले गुमाएका छन् ।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  ५ : ०४ बजे

अमरीश पुरीको खलनायकी स्टारडम : सरकारी सेवाबाट अभिनयमा फड्को

नेपालको पछिल्लो राजनीतिक अवस्थालाई लिएर सामाजिक सञ्जालमा बलिउड फिल्म ‘नायक’

स्वरोजगार प्रवर्द्धनका लागि २० उद्यमीलाई ल्यापटप वितरण

फिक्कल– स्थानीयस्तरमा उद्यमशीलता विकास गरी युवालाई स्वरोजगारतर्फ प्रेरित गर्ने उद्देश्यले

चार महिनापछि खुल्यो लहान नगरपालिकाको बैंक खाता

सिरहा– विगत चार महिनादेखि रोक्का रहेको लहान नगरपालिकाको बैंक खाता

पोखरा–मुग्लिन सडक : पश्चिम खण्डमा धमाधम काम हुँदै

गण्डकी– आगामी असारसम्ममा निर्माण सक्ने लक्ष्यसहित पोखरा–मुग्लिन सडकको पश्चिम खण्डको

वनमा आगो लगाएको कसुरमा अदालतमा मुद्दा दायर

त्रिशूली– सामुदायिक वनमा आगो लगाएको अभियोगमा डिभिजन वन कार्यालयले बिहीबार