दार्चुला : बाढी, पहिरोमा बेपत्ता १० जनाको अवस्था अज्ञात « Khabarhub

दार्चुला : बाढी, पहिरोमा बेपत्ता १० जनाको अवस्था अज्ञात


२९ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

दार्चुला-  यही भदौ २४ गते शुक्रबार राति दार्चुलामा बाढी र पहिरोमा परी बेपत्ता भएका १० जनाको अवस्था अझै अज्ञात छ ।

घटना भएको छ दिनसम्म पनि बाढी पहिरोमा परी बेपत्ता भएकाहरू फेला परेका छैनन् । बेपत्ता भएकाको खोजीकार्यमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीले खोजीकार्य जारी नै राखेको भए पनि अहिलेसम्म नभेटिएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए ।

शुक्रबार रातिको अविरल वर्षाले जिल्लाको महाकाली नगरपालिका–३ मा रहेको दशरथ आधारभूत विद्यालयमा पूर्ण क्षति पुर्‍याएको थियो । लास्को खोलाको बाढीले डुङ्री विद्युत्को पावर हाउस, दुई झोलुङ्गे पुल र एक मोटरेबल पुल बगाएको थियो ।

बङ्गाबगरस्थित पार्किङमा राखेका जीप छ, कार एक, ट्र्याक्टर एक, जेसिबी एक गरी जम्मा नौ वटा सवारीसाधन हराएका थिए । त्यस्तै ४२ घरमा पूर्ण क्षति भएको थियो भने नौ वटा घरमा आंशिक क्षति भएको छ । बङ्गाबगर र लास्को क्षेत्रका ४० घर अझै पनि उच्च जोखिममा रहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक तर्कराज पाण्डेयले जानकारी दिए ।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  ६ : ५३ बजे

यामाल चम्किएपछि स्पेनले क्रोएसियालाई ४-१ ले हरायो

काठमाडाैँ – युइएफए नेसन्स लिगअन्तर्गत समूह ‘सी’ को खेलमा स्पेनले

काभ्रे र सिन्धुपाल्चोक जोड्ने पुल ६ वर्षदेखि अलपत्र

काभ्रे– निर्माण व्यवसायीले तोकिएको समयमा काम सम्पन्न नगर्दा काभ्रेपलाञ्चोक र

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज १४ गते बुधबार सन् २०२६ सेप्टेम्बर

बैङ्किङ कसुरमा फरार रहेका एक व्यक्ति पक्राउ

काठमाडौँ– बैङ्किङ कसुर मुद्दामा २२ लाख बराबरको बिगो रहेका एक

इन्द्रजात्राको लिङ्गो ढालियो, गुठी संस्थानद्वारा आठ दिने जात्रा समापनको घोषणा

काठमाडौं – ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्राको लिङ्गो (इन्द्रध्वज) मंगलबार