विकास र सुशासनमा अब्बल बन्दै सिञ्जा | Khabarhub Khabarhub

विकास र सुशासनमा अब्बल बन्दै सिञ्जा


२९ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लाको सिञ्जा गाउँपालिका विकास र सुशासनमा अब्बल पालिका बन्दै गएको छ । स्थानीय तहको निर्वाचनपछि जनप्रतिनिधिको दोस्रो कार्यकाल सुरु भएसँगै सबैतिर उत्साहजनक लहर छाएको छ । यिमध्ये सीमित जनप्रतिनिधि दोहोरिएका छन् भने धेरै नयाँ अनुहार छन् । 

अघिल्लो कार्यकालको तुलनामा उनीहरूको काम गराइ उत्साहजनक र परिपक्व देखिएको छ । स्थानीय तहका जनप्रतिनिधिले दोस्रो कार्यकाल सुरु गरेको सय दिन बितिसकेको छ । यस अवधिमा केही स्थानीय तहले राम्रो र प्रभाव पार्ने काम गर्दै आएका छन् । जुम्लाको सिञ्जा गाउँपालिकाको कामकारबाही हेर्दा केही आशाजनक काम देख्न सकिन्छ ।

 सिञ्जा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धिताल पनि गाउँपालिकालाई विकास योजना निर्माणदेखि सुशासन कायम गर्ने गाउँपालिकालाई अब्बल बनाउनमा होमिएका छन् । सिञ्जाका जनप्रतिनिधिले योजना छनोटदेखि काम गर्ने तरिकामा सुधार ल्याएको गाउँपालिका अध्यक्ष धितालले बताए ।

सिञ्जालाई योजनाबद्ध विकासमा लैजानुपर्छ भन्ने स्थानीयवासीको आवश्यकता र मागअनुसार योजना छनोट भई काम सञ्चालनको तयारीमा रहेको अध्यक्ष धितालले जानकारी दिए । सिञ्जाको समग्र विकासका लागि जनपक्षीय कदम उठाउन पालिकाका सबै जनप्रतिनिधि लागिपरेका छन् । 

गाउँ कार्यपालिकाका निर्णय प्रमाणीकरण गरेर २४ घण्टाभित्र सार्वजनिक गर्न थालिएको छ । गाउँपालिकाले वार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरिसकेको छ । पालिकालाई आर्थिक मितव्ययिता एवं पारदर्शी बनाउन खुला प्रतिस्पर्धाको कोटेशनबाट मात्र खरिद प्रक्रियाको काम अघि बढाइएको अध्यक्ष धितालले बताए  । 

गाउँपालिकालाई सुशासन कायम गर्ने र प्रशासनिक सेवा प्रवाह सुधारमा व्यापक जोड दिएको देखिन्छ । साथै गाउँपालिकाले आर्थिक दायित्व बढ्ने र प्रतिफल नहुने गतिविधि बन्द गर्ने निर्णय समेत गरेको छ । गाउँपालिकाका सबै निर्णय, क्रियाकलाप र दस्तावेज वेबसाइटमा प्रकाशित हुने व्यवस्था मिलाइएको छ । 

आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि प्रत्येक महिनाको १ गते नराकोटमा हाट बजार सञ्चालनमा ल्याइएको छ । टेलिफोन सेवाको टावर सुचारु गर्न साथै गाउँपालिकाले सामुदायिक विद्यालयमा शिक्षकको अभाव हुन नदिन स्वयंसेवक शिक्षकको कार्यक्रम कार्यान्वयनमा ल्याएको अध्यक्ष धितालले जानकारी दिए ।

सिञ्जावासीको सहजताका लागि नापी, मालपोत र कृषि बैंक स्थापनाका लागि प्रक्रिया अघि बढाइएको छ । स्वास्थ्य क्षेत्रलाई थप व्यवस्थित गर्नका लागि गाउँपालिकामा ल्याब स्थापना प्रक्रिया सुरु भई स्वास्थ्यचौकीमा ल्याब टेक्निसियन, ल्याब असिस्टेन्टको करार विज्ञापन गरेर प्रक्रिया अघि बढाइसकेको गाउँपालिकाले जनाएको छ । कृषि पेसालाई किसानसँग जोड्न नायब पशु स्वास्थ्य प्राविधिक र नायब पशु सेवा प्राविधिक कर्मचारीलाई करारमा लिई काम गर्न पालिकाको कृषि शाखा लागिपरेको छ ।

पालिकाको आन्तरिक राजस्वमा थप वृद्धि गर्न नदीजन्य गिट्टी, बालुवाको प्रारम्भिक वातावरणीय परीक्षण ९इआइए० का लागि १५ दिने राय सुझाव पेश गर्न सूचना प्रकाशित भइसकेको छ । जुम्ली खस भाषाको अभिलेख गर्न भाषा आयोगसँग सहकार्य गरेर आयोगमा दर्ता प्रक्रियामा रहेको गाउँपालिकाले जनाएको छ । पालिकाको केन्द्रमा रहेको नराकोट बजारलाई व्यवस्थित गर्न हरेक पसलमा अनिवार्य सामानको मूल्यसूची टाँस्नुपर्ने, बजार क्षेत्रका शौचालय खुला राख्ने र प्रत्येक दिन बजार सरसफाइ गर्नुपर्ने जनाइएको छ । पालिकाले आफ्नै प्रशासकीय भवनबाट सेवा प्रवाह गरिसकेको छ । 

हिमा नदीका असला माछाका भुरा संरक्षणका लागि गाउँपालिकाले बजेटसमेत छुट्याएको छ । गाउँपालिकाभित्रका १ देखि ३ कक्षासम्म खस भाषाको पाठ्यपुस्तकबाट पढाइ भइरहेको छ । अब थप ८ कक्षासम्म खस भाषाबाट पढाइ गरिने गाउँपालिका अध्यक्ष धितालले जानकारी दिए ।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  ७ : ४९ बजे

एनसेलले बढायो निःशुल्क लोकल कल, एसएमएस र इन्टरनेटको समयसीमा

काठमाडौं– टेलिकम सेवा प्रदायक एनसेलले मंगलबारबाट दिन थालेको निःशुल्क लोकल

पर्साका बालसुधारगृहबाट भागेका ६७ बालबिज्याइकर्ता फरार

वीरगञ्ज– पर्साको बालसुधारगृह तोडफोड गरेर भागेका ६७ बालबिज्याइकर्ता किशोर अझैसम्म

अस्पतालको बेडबाट घाइते जेनजी भन्छन्– ‘आन्दोलन यस्तो होला भन्ने थिएन’

काठमाडौं- जेनजीको नाममा भएको आन्दोलनमा घाइते दीपराज राई यतिबेला ट्रमा

यस्तो छ सिंहदरबारको अवस्था (तस्बिरहरू)

काठमाडौं– जेन्जी आन्दोलनको चौथो दिन बिहीबार प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार

संवाद र सहमतिबाट मात्रै देशलाई अगाडि लैजान सकिन्छ : विद्यार्थी नेताहरू

काठमाडौं– विभिन्न राजनीतिक दलका विद्यार्थी संगठनहरूको नेतृत्व गरिसकेका नेताहरूले वृहत्