आज २०८२ साल पुस ५ गते शनिबारको राशिफल « Khabarhub

आज २०८२ साल पुस ५ गते शनिबारको राशिफल


५ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल पुस ५ गते शनिबार तदनुसार सन् २०२५ डिसेम्बर २० तारिख । पौष शुक्ल पक्षको प्रतिपदा तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ । खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश:

मेष : दिन राम्रो छ । स्वास्थ्यमा सुधार हुनेछ । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ । गुरुको सुझाव अनुसार अगाडि बढेमा व्यवहार सहज बन्नेछ । राजनीतिक क्षेत्रमा भने झुटो आश्वासनले सताउने देखिन्छ ।

वृष : अनुत्पादक क्षेत्रमा खर्च बढ्ने छ । रोग बढ्ने देखिएकाले सचेत बन्नुपर्ने छ । शिक्षामा गरेको प्रयासबाट ढिलासुस्ती हुनेछ । पारिवारि भित्र खटपट हुनेछ । व्यवहार सुधार गर्न मिहिनेत गर्नु उचित हुन्छ ।

मिथुन : स्वास्थ्यमा सुधार हुनेछ । विदेशमा भन्दा स्वदेशमा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ । सम्पत्ति अर्कोको हातमा पर्ने जोखिम छ । तपाईंले गरेको कामको जस अरुले लिने जोखिम छ ।

कर्कट : साना कुरामा तर्क गर्नाले घाटा हुनेछ । बिहान उठेर धार्मिक कार्यमा सहभागी भएमा दिन शान्त बन्नेछ । सामाजिक र राजनीतिक क्षेत्रमा प्रगति हुनेछ । लगानी गरेमा फाइदा हुने योग छ । सम्पत्तिको सदुपयोग गर्नुहोला।

सिंह : साथीभाइले तपाईंको कामको प्रशंसा गर्नेछन् । प्राविधिक क्षेत्रमा गरेको लगानी सफल बन्नेछ । स्वादेशमा भन्दा विदेशतर्फको आकर्षण बढ्नेछ । परिवारमा विवाद हुँदा तर्क नगर्नु राम्रो हुनेछ ।

कन्या : आज सञ्चित धन खर्च हुने जोखिम रहेको छ । साथीभाइले कुरा काट्ने भएकाले सचेत बन्नुपर्ने समय छ । आज ठुलो कारोबारको सुरुवात नगर्नु राम्रो हुनेछ । काम गर्ने नै भए सहकार्य गरेर अगाडि बढ्नु फाइदाजनक हुनेछ ।

तुला : बौद्धिक क्षेत्रमा तपाईंले गरेको कामको टिप्पणी बढी नै हुनेछ । परिवारबाट भन्दा घर भन्दा बाहिरबाट तपाईंको प्रशंसा हुनेछ । सम्पत्ति खर्च गर्नुपर्ने दिन छ । स्वास्थ्यको ख्याल नगर्दा समस्या बढ्नेछ ।

वृश्चिक : दिन राम्रो छ । सहकर्मीसँग सहकार्य गर्नु राम्रो हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । प्रविधिक शिक्षामा गरेको प्रयास सफल बन्नेछ । सानो कुरामा ठुलो झन्झट आइपर्ने जोखिम देखिन्छ ।

धनु : दिन राम्रो छ । व्यापारमा गरेको प्रयास सफल बन्नेछ । पठनपाठनमा रुची बढ्नेछ । कपडाको लगानीबाट फाइदा हुने योग छ । कतै घुमफिर हुनसक्ने छ । शिक्षामा थप मिहिनेत गर्नुपर्ने छ ।

मकर : दिन सामान्य छ । पूर्वको लामो यात्रा नगर्नु राम्रो हुनेछ । सञ्चित धन खर्च हुनेछ । राजनीतिक क्षेत्रमा झुक्याउने व्यक्ति धेरै भएकाले सचेत बन्नु राम्रो हुनेछ । शनिदेवको खुशीका लागि पिपलको दर्शन गर्न सकेमा मन शान्त हुनेछ ।

कुम्भ : तपाईंका लागि आजको दिनमा शुभग्रहको बहुमत छ । लगानीका क्षेत्रमध्ये शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारको साथमा बसेर रमाइलो गर्ने अवसर मिल्नेछ । राजनीतिक क्षेत्रमा पाइला अगाडि नसार्नु राम्रो हुनेछ ।

मीन : दिन सामान्य राम्रो छ । उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ । शिक्षाको क्षेत्रमा भने निरास बन्नुपर्ने अवस्था सिर्जना हुनसक्छ । राजनीतिमा समय नदिनु राम्रो हुनेछ । पश्चिमको लामो यात्रामा नजानुहोला उचित हुन्छ।

प्रकाशित मिति : ५ पुस २०८२, शनिबार  ५ : ४९ बजे

‘संस्थापन इतरका नेताको अभिव्यक्तिमा तर्क र विवेकको कमी महसुस भयो’

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संस्थापन इतर

कोशीमा ७४ प्रतिशत धान रोपाइँ

विराटनगर– कोशी प्रदेशमा यही साउन ४ गतेसम्ममा कूल ७३ दशमलव

दमकमा तीन सवारी एकापसमा ठोक्किँदा साइकलयात्रीको मृत्यु

भद्रपुर– झापाको दमकमा कार, मोटरसाइकल र साइकल एकापसमा ठोक्किँदा साइकलयात्रीको

सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल (तस्बिरहरू)

काठमाडौं– सम्पत्ति शुद्धीकरणको मुद्दामा विशेष अदालतबाट साधारण तारेखमा छुटेका नेकपा

नेपालको चौथो विकेट पतन, १० बलमा चार रन जोडेका डा. पाण्डे आउट

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेदरल्याण्ड्सविरुद्ध नेपालले चौथो विकेट