घरपालुवा गाईगोरुको कानमा ट्याग लगाउन सुरु | Khabarhub Khabarhub

 घरपालुवा गाईगोरुको कानमा ट्याग लगाउन सुरु


२९ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

भैरहवा– छाडा चौपायाको कारण हैरान भएको सिद्धार्थनगर नगरपालिकाले यसको व्यवस्थापनका लागि उपाय झिकेको छ । नगरवासीले छोड्ने गरेका चौपायाहरूलाई ट्याग लगाएर नगरपालिकाले छाडा चौपाया नियन्त्रणको प्रयास गरेको छ । 

छाडा चौपायाको व्यवस्थापन योजनाअन्तर्गत नियन्त्रणको कार्य अघि बढाएको नगरपालिकाले सर्वप्रथम नगरमा रहेका घरपालुवा चौपायाको सङ्ख्या यकिन गर्न नम्बरसहित ट्याग लगाउन सुरु गरेको छ । यसले घरमा पालिएका जनावरहरूको सङ्ख्या यकिन हुने तथा कसले चौपाया खुल्ला छाडेको हो त्यसको पनि यकिन हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले बताए ।

छाडाचौपायाका कारण नगरमा छाडाचौपायाका रूपमा विशेषगरी गाई-गोरु र कुकुर छन् । बुधबार वडा नम्बर ६ स्थित शिवदास हलुवाईको फर्ममा पाँच वटा गाई–गोरुको कानमा ट्याग लगाएर योजनाको सुरुआत गरिएको पौड्यालले जानकारी दिए ।कारण नगरमा समस्या बढ्दै गएपछि व्यवस्थापन योजनाअन्तर्गत नियन्त्रणको कार्य अघि बढाइएको हो । नगरका मुख्यमुख्य सडकमै छाडा चौपायाका कारण दुर्घटना बढेको भन्दै यसको आलोचना हुँदै आएको थियो । लामो समयदेखि यसको व्यवस्थापन गर्न भनिए पनि यसबारे कुनै ठोस निर्णय हुन सकेको थिएन । अहिले छाडाचौपाया व्यवस्थापनका लागि उनीहरूको बन्ध्याकरण गर्ने योजनासहित नगरपालिकाले बजेट नै विनियोजन गरेको छ ।

सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले छाडा चौपायाको व्यवस्थापन योजनाअन्तर्गत नगरमा कृषक र पालन गरिएका गाई–गोरुको तथ्यांक संकलन गरी छाडा छाडिने गाई–गोरुको नियन्त्रणका लागि उनीहरूको कानमा ट्याग लगाइएको बताए । ‘अहिले हामीले कृषकले पालेका गरेका गाई–गोरु छाडा नछाडुन् भन्ने उद्देश्यले पहिचानका लागि गाई–गोरुको कानमा ट्याग लगाउन सुरु गरेका छौँ’, नगर प्रमुख खानले भने ‘यसले छाडा छाडिने चौपाया (गाईगोरु) को सङ्ख्यामा नियन्त्रण हुने विश्वास छ ।’

कानमा ट्याग लगाइएकोले कृषकहरूले अब गाईगोरु छाडा छाड्दैनन् भन्ने उनको भनाइ छ । ट्याग लगाइएको पशु कसैले छाडेको पाइएमा सजिलै पहिचान हुने र पहिलो पटकका लागि १० हजार जरिवाना कारवाही गरिने नगर प्रमुखले जानकारी दिए । 

सिद्धार्थनगरमा खुल्ला सीमाका कारण भारत र छिमेकी पालिकाबाट पनि छाडा चौपाया आउने गरेका छन् । नगर क्षेत्रका सडकमा रहेका छाडा चौपाया (गाईगोरु) को व्यवस्थापनका लागि कान्जी हाउस निर्माणको योजना रहेको र छिट्टै निर्माण सम्पन्न हुने गरी कार्य अघि बढाइएको प्रमुख प्रशासकीय अधिकृत पौड्यालले बताए । 

यस्तै छाडाचौपायाको व्यवस्थापनअन्तर्गत नगरका सडक क्षेत्रमा रहेका भुस्याहा कुकुरको पनि व्यवस्थापन गर्ने योजना रहेको छ । यस योजनापश्चात भुस्याहा कुकुरको व्यवस्थापनतर्फ लागिने पौड्यालको भनाइ छ । उनले भुस्याहा कुकुरको बन्ध्याकरण गरी उनीहरूको सङ्ख्यामा नियन्त्रण गर्ने योजना रहेको बताए ।

 

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  ७ : २५ बजे

मेराविरुद्ध नेताहरूले दिएको अभिव्यक्तिप्रति राजनीतिक प्रतिवाद गर्छु : रामकुमारी झाँक्री

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले आफूलाई

फर्सीको मुन्टा खानुका फाइदाहरू

काठमाडौं– हरियो सागपात मानव स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ ।

राजश्वमा ४० प्रतिशत सवारीकरको योगदान

रसुवा– भन्सार शुल्कको कुल आयमध्ये चालीस प्रतिशत राजश्व चिनियाँ सवारी

आगलागीबाट प्रभावितलाई राहत वितरण

काठमाडौँ- नेपाल–भारत मैत्री सङ्घले बाजुराको बूढीगङ्गा नगरपालिका–६ बाम्का बजारमा गत

दुई जातका धानको मूल बीउ उत्पादन गर्दै किट विकास फार्म

चितवन– व्यावसायिक किट विकास फार्म भण्डाराले दुई जातका धानको मूल