घरपालुवा गाईगोरुको कानमा ट्याग लगाउन सुरु « Khabarhub

 घरपालुवा गाईगोरुको कानमा ट्याग लगाउन सुरु


२९ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

भैरहवा– छाडा चौपायाको कारण हैरान भएको सिद्धार्थनगर नगरपालिकाले यसको व्यवस्थापनका लागि उपाय झिकेको छ । नगरवासीले छोड्ने गरेका चौपायाहरूलाई ट्याग लगाएर नगरपालिकाले छाडा चौपाया नियन्त्रणको प्रयास गरेको छ । 

छाडा चौपायाको व्यवस्थापन योजनाअन्तर्गत नियन्त्रणको कार्य अघि बढाएको नगरपालिकाले सर्वप्रथम नगरमा रहेका घरपालुवा चौपायाको सङ्ख्या यकिन गर्न नम्बरसहित ट्याग लगाउन सुरु गरेको छ । यसले घरमा पालिएका जनावरहरूको सङ्ख्या यकिन हुने तथा कसले चौपाया खुल्ला छाडेको हो त्यसको पनि यकिन हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले बताए ।

छाडाचौपायाका कारण नगरमा छाडाचौपायाका रूपमा विशेषगरी गाई-गोरु र कुकुर छन् । बुधबार वडा नम्बर ६ स्थित शिवदास हलुवाईको फर्ममा पाँच वटा गाई–गोरुको कानमा ट्याग लगाएर योजनाको सुरुआत गरिएको पौड्यालले जानकारी दिए ।कारण नगरमा समस्या बढ्दै गएपछि व्यवस्थापन योजनाअन्तर्गत नियन्त्रणको कार्य अघि बढाइएको हो । नगरका मुख्यमुख्य सडकमै छाडा चौपायाका कारण दुर्घटना बढेको भन्दै यसको आलोचना हुँदै आएको थियो । लामो समयदेखि यसको व्यवस्थापन गर्न भनिए पनि यसबारे कुनै ठोस निर्णय हुन सकेको थिएन । अहिले छाडाचौपाया व्यवस्थापनका लागि उनीहरूको बन्ध्याकरण गर्ने योजनासहित नगरपालिकाले बजेट नै विनियोजन गरेको छ ।

सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले छाडा चौपायाको व्यवस्थापन योजनाअन्तर्गत नगरमा कृषक र पालन गरिएका गाई–गोरुको तथ्यांक संकलन गरी छाडा छाडिने गाई–गोरुको नियन्त्रणका लागि उनीहरूको कानमा ट्याग लगाइएको बताए । ‘अहिले हामीले कृषकले पालेका गरेका गाई–गोरु छाडा नछाडुन् भन्ने उद्देश्यले पहिचानका लागि गाई–गोरुको कानमा ट्याग लगाउन सुरु गरेका छौँ’, नगर प्रमुख खानले भने ‘यसले छाडा छाडिने चौपाया (गाईगोरु) को सङ्ख्यामा नियन्त्रण हुने विश्वास छ ।’

कानमा ट्याग लगाइएकोले कृषकहरूले अब गाईगोरु छाडा छाड्दैनन् भन्ने उनको भनाइ छ । ट्याग लगाइएको पशु कसैले छाडेको पाइएमा सजिलै पहिचान हुने र पहिलो पटकका लागि १० हजार जरिवाना कारवाही गरिने नगर प्रमुखले जानकारी दिए । 

सिद्धार्थनगरमा खुल्ला सीमाका कारण भारत र छिमेकी पालिकाबाट पनि छाडा चौपाया आउने गरेका छन् । नगर क्षेत्रका सडकमा रहेका छाडा चौपाया (गाईगोरु) को व्यवस्थापनका लागि कान्जी हाउस निर्माणको योजना रहेको र छिट्टै निर्माण सम्पन्न हुने गरी कार्य अघि बढाइएको प्रमुख प्रशासकीय अधिकृत पौड्यालले बताए । 

यस्तै छाडाचौपायाको व्यवस्थापनअन्तर्गत नगरका सडक क्षेत्रमा रहेका भुस्याहा कुकुरको पनि व्यवस्थापन गर्ने योजना रहेको छ । यस योजनापश्चात भुस्याहा कुकुरको व्यवस्थापनतर्फ लागिने पौड्यालको भनाइ छ । उनले भुस्याहा कुकुरको बन्ध्याकरण गरी उनीहरूको सङ्ख्यामा नियन्त्रण गर्ने योजना रहेको बताए ।

 

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  ७ : २५ बजे

‘माथिल्लो म्याग्दी’ जलविद्युत् आयोजना : १३ महिनामा ५० प्रतिशत भौतिक प्रगति

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिकामा निर्माणाधीन ‘माथिल्लो म्याग्दी’ जलविद्युत् आयोजना निर्माण

सरकारी प्रणाली ह्याक गरेर ठेक्का विवरण हेरफेर, मुख्य आरोपी गौली पक्राउ, हालसम्म १३ जना हिरासतमा

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सार्वजनिक खरिद अनुगमन

सरकारले थप तीनवटा अध्यादेश शीतल निवास पठायो

काठमाडौं- बालेन शाह नेतृत्वको सरकारले थप तीनवटा अध्यादेश राष्ट्रपति रामचन्द्र

नेप्से परिसूचकमा २५ अंकको गिरावट

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको

ड्रोनबाट हेर्नुस्, डोजर चलेपछिको मनोहरा सुकुम्वासी बस्ती

काठमाडौं– सरकारले काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुम्वासी बस्ती खाली