राउटे बालबालिकाले मनाए राष्ट्रिय बाल दिवस | Khabarhub Khabarhub

राउटे बालबालिकाले मनाए राष्ट्रिय बाल दिवस


२९ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- लोपोन्मुख राउटे जातीको बस्तीमा पनि राष्ट्रिय बाल दिवस, २०७९ मनाइएको छ । सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको आयोजनामा बाल दिवस मनाइएको हो । एईआएन लक्जेम्बर्गको सहयोगमा संस्थाले बाल दिवसको अबसरमा कार्यक्रम आयोजना गरेको थियो । यस वर्ष राष्ट्रिय बाल दिवस, २०७९ ‘बालमैत्री समाजको आधारः जिम्मेवार परिवार, उत्तरदायी सरकार’ भन्ने नाराका साथ मनाईएको हो ।

दैलेखको भगवतीमाई गाउँपालिकामा बसोबास गरिरहेका राउटे समुदायमा आयोजित राष्ट्रिय बाल दिवसमा बालबालिकाहरुले प्ले कार्ड प्रर्दशन गरेका थिए । उनीहरुले समुदायका अगुवा र अभिभावकसँगै परम्परागत संस्कृति अनुसार नृत्य पनि प्रस्तुत गरेका थिए ।

लोपोन्मुख राउटे समुदायका बालबालिकाले सरकारी तथा गैरसरकारीको सहयोगमा पछिल्लो केहि वर्षयता बाल दिवस मनाउँदै आएका छन् । बुधवार आयोजित कार्यक्रममा सोसेक नेपालका संस्थापक अध्यक्ष एवं कार्यकारी प्रमुख हीरासिंह थापा लगायत सहभागी थिए ।

राउटे समुदायमा एईआएन लक्जेम्वर्गको सहयोगमा सोसेक नेपालमार्फत राउटे परियोजना सञ्चालित छ । समुदायमा सञ्चालित राउटे परियोजनाले समुदायमा स्वास्थ्य, अनौपचारिक शिक्षा, खाद्य अधिकार र सरसफाईका लागि विभिन्न क्रियाकलाप सञ्चालन गरिरहेको छ ।

परियोजनामार्फत जोडि शिक्षक र दुई जना स्वास्थ्यकर्मी राउटे बस्तीमा खटाईएको छ । हाल राउटे समुदायको जनसंख्या एक सय ४४ जनाको हाराहारीमा छ ।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  ९ : ३७ बजे

सप्तरीका अग्निपीडितलाई नगद सहयोग

सप्तरी – जिल्ला विपद् व्यवस्थापन समिति सप्तरीले आज जिल्लाको महादेवा

दातृ संस्थाहरुको लगानी अनुसार प्रतिफल देखिएन : मुख्यमन्त्री कँडेल

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अन्तर्राष्ट्रिय दातृ संस्थाहरुको

६ हजार सात सय कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण

काठमाडौं – सार्वजनिक पद धारणा गरेका छ हजार सात सय

कार्यान्वयनमुखी बजेट ल्याउन वित्त आयोगको सुझाव

काठमाडौं – राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले कार्यान्वयनमुखी बजेट

राजनीति देश र जनताका लागि हुनुपर्छ : धनराज गुरुङ

स्याङ्जा – नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले राजनीति देश