राउटे बालबालिकाले मनाए राष्ट्रिय बाल दिवस « Khabarhub

राउटे बालबालिकाले मनाए राष्ट्रिय बाल दिवस


२९ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- लोपोन्मुख राउटे जातीको बस्तीमा पनि राष्ट्रिय बाल दिवस, २०७९ मनाइएको छ । सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको आयोजनामा बाल दिवस मनाइएको हो । एईआएन लक्जेम्बर्गको सहयोगमा संस्थाले बाल दिवसको अबसरमा कार्यक्रम आयोजना गरेको थियो । यस वर्ष राष्ट्रिय बाल दिवस, २०७९ ‘बालमैत्री समाजको आधारः जिम्मेवार परिवार, उत्तरदायी सरकार’ भन्ने नाराका साथ मनाईएको हो ।

दैलेखको भगवतीमाई गाउँपालिकामा बसोबास गरिरहेका राउटे समुदायमा आयोजित राष्ट्रिय बाल दिवसमा बालबालिकाहरुले प्ले कार्ड प्रर्दशन गरेका थिए । उनीहरुले समुदायका अगुवा र अभिभावकसँगै परम्परागत संस्कृति अनुसार नृत्य पनि प्रस्तुत गरेका थिए ।

लोपोन्मुख राउटे समुदायका बालबालिकाले सरकारी तथा गैरसरकारीको सहयोगमा पछिल्लो केहि वर्षयता बाल दिवस मनाउँदै आएका छन् । बुधवार आयोजित कार्यक्रममा सोसेक नेपालका संस्थापक अध्यक्ष एवं कार्यकारी प्रमुख हीरासिंह थापा लगायत सहभागी थिए ।

राउटे समुदायमा एईआएन लक्जेम्वर्गको सहयोगमा सोसेक नेपालमार्फत राउटे परियोजना सञ्चालित छ । समुदायमा सञ्चालित राउटे परियोजनाले समुदायमा स्वास्थ्य, अनौपचारिक शिक्षा, खाद्य अधिकार र सरसफाईका लागि विभिन्न क्रियाकलाप सञ्चालन गरिरहेको छ ।

परियोजनामार्फत जोडि शिक्षक र दुई जना स्वास्थ्यकर्मी राउटे बस्तीमा खटाईएको छ । हाल राउटे समुदायको जनसंख्या एक सय ४४ जनाको हाराहारीमा छ ।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  ९ : ३७ बजे

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश आइपुग्दै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल आज स्वदेश आइपुग्दै छन् । संयुक्त

कानुनसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत चारवटा संसदीय समितिको बैठक बस्दैछ ।

भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा प्रस्तावित ‘राष्ट्रिय जलवायु नीति,

यी भूभागमा हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल