आज उद्घाटन हुँदै नवौं राष्ट्रिय खेलकुद | Khabarhub Khabarhub

आज उद्घाटन हुँदै नवौं राष्ट्रिय खेलकुद


२८ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा शुक्रबारदेखि औपचारिक सुरु हुँदैछ।

प्रतियोगिता उद्घाटन, खेल सञ्चालन र खेल पूर्वाधारलाई निर्माणलगायतका सबै तयारी पूरा भएको आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ।

बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले प्रतियोगिताको तयारी पूरा भएको बताए। उनले प्रतियोगितालाई सफलताका साथ सम्पन्न गर्नका लागि सबैको साथ आवश्यक रहेको धारणा राखे।

पोखरा रङ्गशालाको अत्याधुनिक फुटबल स्टेडियममा नेपाली सेनाको मार्चपासबाट उद्घाटन समारोह सुरुआत हुनेछ।

राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन अगावै केही खेल सुरु भइसकेको छन्। महिला क्रिकेट, फेन्सिङ, ह्याण्डबल लगायतका केही खेल असोज २३ देखीनै सुरु भएका हुन्। शुक्रबारदेखि खेल औपचारिक रुपमा सुरु हुन लागेको हो।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  ६ : २१ बजे

यू-१९ एसिया कपः पहिलो दिन दुई खेल, नेपाल पाकिस्तानसँग भिड्दै

काठमाडौं – आजदेखि एसिसी यू-१९ एसिया कप संयुक्त अरब इमिरियट्स

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा गर्नुहोस्

काठमाडौं – हिन्दु धर्मशास्त्र अनुसार प्रत्येक दिनको महत्व फरक छ।

आज २०८० साल मंसिर २२ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८० साल मंसिर २२ गते शुक्रबार ।

रुसले आफ्ना शीर्ष नेताविरुद्ध जासुसी गरेको बेलायतको आरोप

लन्डन – बेलायत सरकारले बिहीबार रुसी सुरक्षा सेवामाथि आफ्ना शीर्ष

अनलाइन व्यापारको बहानामा ठगी गरेको आरोपमा युवक पक्राउ

काठमाडौं – अनलाइन व्यापारको बहानामा ठगी गरेको आरोपमा एक युवा