शरीरमा रगतको कमी भए जोश जाँगर हराउँछ | Khabarhub Khabarhub

शरीरमा रगतको कमी भए जोश जाँगर हराउँछ

महिलाहरुमा एनिमिया हुने जोखिम धेरै हुन्छ



काठमाडौँ – पछिल्लो समय अरू रोग जस्तो रगत सम्बन्धी रोगहरू पनि उतिकै अनुपातमा बढेका छन् । रगत सम्बन्धी धेरै रोगहरू बढ्दै गएको अहिलेको अनुसन्धानले पनि देखाएको छ । अस्पतालमा रगत सम्बन्धी रोग लिएर आएका बिरामी यति नै भए भन्ने तथ्याङ्क नभए पनि पछिल्लो समय रगतकै कारणले बिरामीहरू बढेको चिकित्सकहरूले बताएका छन् । एनिमिया झट्ट सुन्दा सबैलाई हेक्का नहुन सक्छ । रक्त विकारसँग सम्बन्धी यो रोग हो । एनिमिया रगतको रातो रक्त कोशमा हुने एक जैविक वंशाणुगत रोग पनि हो । यो रोगले शरीरमा रगत बनाउने रातो रक्त कोशको संख्या घटाउँदै लैजान्छ । यसै विषयमा आधारित भएर हेमाटोलोजिष्ट डाक्टर निरज कुमार सिंहसँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश:

यो एनिमिया भनेको कस्तो रोग हो ?
शरीरमा रगतको मात्र कम हुनुलाई हामी अङ्ग्रेजीमा एनिमिया भन्छौँ । हेमोग्लोबिनको मात्र १० भन्दा कम र रेड सेलको मात्रा कम भयो भने हामीले एनिमिया भन्छौँ । यसलाई रोग भनिँदैन । यो रोगको लक्षण मात्र हो ।

यसको कारणहरू के के हुन् त ?
शरीरमा रगत कम हुने सयौँ कारणहरू हुन्छन् । सम्पूर्ण रगतको रोगमध्ये ६० प्रतिशत रोग एनिमियाको सिस्टम लिएर आउँछन् । त्यसमध्ये हामीले खोज्दै जादा केही कारण जन्मजात हुन्छन् । केही कारणहरू पछि हुन्छन् । यसको प्रमुख कारणहरूमा न्युट्रिस्नल एनिमिया भन्छौँ । शरीरमा विभिन्न तत्वहरुको कारणले हुने आइरन भिटामिन बि १२ माइक्रो न्युटेन्स विभिन्न तत्वहरुको कमीले हुन्छ । अर्को कारण भनेको शरीरमा रगत बन्ने र भाँचिएर जाने हुन्छ । एनिमियालाई हामीले नेपालीमा रक्त अल्पता भन्छौँ । अरु रोग भएर शरीरमा रगतको मात्रा कम हुँदै जाने हुन्छ ।

कुन उमेर समूहमा यो धेरै देखिएको छ ?
यो उमेर समूहमा हुन्छन् । वंशाणुगत रुपबाट आएको हो भने यो बच्चा बेलामा पनि हुन्छ । यो शरीरमा आइरनको मात्रा कम भएर आउँछ । आइरन डिफिन्सका कारणले यो हुन्छ । जन्मजात बच्चामा भयो भने उसको पहिला ३ महिना र ६ महिनामा उसको डिमान्ड धेरै हुन्छ । र, अर्को ५ वर्ष अगाडि उसको शरीरको ग्रोथ एन्ड डेभलपमेन्टको डिमान्ड हुन्छ । त्यसपछि ११ वर्ष माथि र्‍यापिड ग्रोथ पिरियड र अर्को उमेर बढ्दै केटीहरूमा पहिलो महिनावारीमा डिमान्ड धेरै हुन्छ । अर्को टिनेज एन्ड योङ १८ देखि २२ वर्षको उमेरको बेला र गर्भवतीको अवस्थामा हरेक महिना महिलाहरूमा महिनावारी हुँदा वृद्ध अवस्थामा डिमान्ड धेरै हुन्छ । र, खानपिनमा सप्लाइ कम हुन्छ ।

पुरुषको तुलनामा यो महिलामा धेरै देखिने हो ?
महिलामा देखिने प्रमुख कारण भनेको महिलामा रगत बग्ने सामान्यतया पनि १५ एमएल भन्दा आवश्यकता अनुसार पूर्ति भएन भन फिजोलोजिकल हुन्छ । कसै कसैलाई धेरै रगत बग्यो भने एनिमिया भइहेको हुन्छ ।

यसको उपचार कस्तो हुन्छ ?
यसको उपचार भन्दा पनि कारणको उपचार हुन्छ । कुनै एनिमिया ब्लड क्यान्सरको कारणले हुने एनिमियामा हामीले ब्लड क्यान्सरको उपचार गर्दा त्यो निको हुन्छ । कारण खोज्ने अनि उपचार गर्छौ । आइरनको कमीले भएको हो भने के कारणले कमी भयो त त्यो कारण पत्ता लगाएर हामीले आइरन चक्की दिन्छौँ ।

यसले निम्त्याउने जोखिम कस्तो छ त ?
सबै भन्दा प्रमुख हाम्रो शरीरमा रातो रक्त कोशिकाको कमी भए पनि धेरै समस्याहरू चाडै शरीर थकाई लाग्ने, काम गर्दा जोस जाँगर नआउने, मुटुको हट फेलिएर हुने सम्भावना हुने, र शरीरमा अक्सिजन नपुग्ने हुन्छ ।

यो रक्तअल्पता हुन नदिन पहिला नै के कुरामा ध्यान दिने त ?
स्वस्थ खानपान र स्वास्थ्य जीवन यापनले गर्दा यो लाग्नबाट बच्न सकिन्छ । महिलालाई बढी महिनावारी भएको छ भने उनीहरूलाई एनिमिया हुन्छ भन्ने थाहा हुन्छ भन्ने बुझिहाल्नु पर्दछ । उनीहरूले त्यो अनुसारको आइरन युक्त खाना खाई हाल्नु पर्याे । हरियो सागपात हरियो तरकारीहरूमा आइरन हुन्छ । गेडागुडि, माछा मासुहरुमा पनि कलेजो फोक्सो यिनीहरूमा आइरन हुन्छन् । अन्डाहरूमा आइरन हुन्छ । भिटामिन बि १२ हाम्रो मांसाहारी खानाहरूबाट आउँछन् । शाकाहारी खाना खाने मान्छेहरूमा पनि भिटामिन बि १२ को कमी हुन्छ, उनीहरूलाई हामीले दैनिक जाँच गर्नु पर्दछ । प्रमुख एनिमियाको कारण भनेको जुका हो । शरीरमा जुकाहरू आउन दिनु भएन । त्यसको लागि सफा हरियो साग सब्जी खाने जुकाको औषधिहरू ४ महिना ६ महिनामा खाने । महिलाहरूमा महिनावारीमा रगत धेरै बग्यो भने मलाई एनिमिया भयो भनेर बुझ्नु पर्याे । प्रत्येक ६ महिनामा एनिमिया जाँच गर्नु पर्याे ।

(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  ६ : ५५ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम