कांग्रेस कार्यसम्पादन समितिको बैठक आज बस्दै | Khabarhub Khabarhub

कांग्रेस कार्यसम्पादन समितिको बैठक आज बस्दै


२८ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ ।

पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले दिउँसो २ बजेका लागि बैठक आह्वान गरेका छन् ।

बैठक सानेपास्थित पार्टी कार्यालयमा बस्ने गरी बोलाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा आगामी ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसबाट उम्मेदवारी दिएका तथा सत्तारुढ गठबन्धनका उम्मेदवारविरुद्ध विभिन्न जिल्लामा बागी उम्मेदवारी दिएका नेताहरूको विषयमा छलफल गर्ने तयारी छ।

साथै चुनावी घोषणापत्रका विषयमा पनि छलफल हुने कांग्रेसका एक नेताले बताएका छन् ।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  ७ : ०६ बजे

सहज रुपमा व्यवसाय गर्ने वातावरण बनाउन सरकार गम्भीर : अर्थमन्त्री

काठमाडौं– उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सहज रुपमा व्यवसाय गर्ने

पाकिस्तानले हाइस्पीड मिसाइल दाग्यो : भारत

एजेन्सी – पाकिस्तानले पञ्जाबस्थित सैन्य अड्डामा तीव्र गतिको (हाइस्पीड) मिसाइल

शुक्लाफाँटामा १० शय्याको नगर अस्पताल अन्तिम चरणमा

कञ्चनपुर– यहाँको शुक्लाफाँटा नगरपालिका–४ असैनामा १० शय्याको नगर अस्पताल निर्माण

इरान-अमेरिका अप्रत्यक्ष वार्ताको अर्को चरण ओमानमा हुने

एजेन्सी– इरानका परराष्ट्रमन्त्री सैयद अब्बास अराघचीले अमेरिकासँगको आगामी अप्रत्यक्ष वार्ता

टीआरसी छनोट प्रक्रिया खारेजीको माग गर्दै प्रदर्शन

काठमाडौं– टीआरसी छनोट प्रक्रिया खारेज गरी नयाँ सिफारिस प्रक्रिया थाल्न