अर्थमन्त्री शर्मा र विश्व बैंकका उपाध्यक्ष मार्टिनबीच भेटघाट « Khabarhub

अर्थमन्त्री शर्मा र विश्व बैंकका उपाध्यक्ष मार्टिनबीच भेटघाट


२८ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

वाशिङ्गटन डिसी – अर्थमन्त्री जनार्दन शर्मा विश्व बैंकसँग हिमालय क्षेत्रको संरक्षण, ग्रामीण क्षेत्रको आर्थिक पुनरुत्थान र नदी क्षेत्रको हरित करिडोरको लागि विश्व बैंकले तय गरेका विभिन्न कार्यक्रममा नेपाललाई पनि प्राथमिकतामा राख्न अनुरोध गरेका छन् ।

बिहीबार विश्व बैंकका दक्षिण एशियाली क्षेत्रका उपाध्यक्ष मार्टिन रेइजरसँग वाशिङ्गटन डिसीमा भेट गर्दै अर्थमन्त्री शर्माले यस्तो अनुरोध गरेका हुन् । भेटघाटका अवसरमा विश्व बैंकद्वारा सञ्चालित कार्यक्रमको प्रगति विवरणमाथि छलफल भएको अमेरिकास्थित नेपाली राजदूतावासले जनाएको छ ।

यसैगरी अर्थसचिव कृष्णहरि पुष्करले अर्को एक भेटघाटमा मिलेनियम च्यालेञ्ज कर्पोरेशनको कम्प्याक्ट अपरेशन विभागका उपाध्यक्ष केमरुन अल्फोर्डसँग भेटघाट गरेका छन् । उक्त भेटघाटमा नेपालमा एमसिसी परियोजना तोकिएको समयमा कार्यान्वयन गर्ने विषयमा छलफल भएको थियो । उक्त भेटघाटमा युरोप, एसिया, प्यासिफिक र ल्याटिन अमेरिकाका लागि सहउपाध्यक्ष जोनाथन बु्रकलगायत एमसिसी केन्द्रीय कार्यालयका अधिकारीको सहभागिता थियो ।

यसैबीच नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र उनका समकक्षी रिजर्भ बैंक अफ इन्डियाका गभर्नर शक्तिकान्त दासबीच अमेरिकाको वाशिङ्टटन डिसीमा छलफल भएको छ ।

विश्व बैंक समूहको विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन अमेरिका आएका गभर्नर अधिकारी र दासबीच भेटघाटको अवसरमा दुई देशको मौद्रिक विषय डिजिटाइजेशन, भुक्तानी, ट्रेड सेटलमेन्टस, सार्क फाइनान्स, रेमिटेन्सलगायतका विषयमा छलफल भएको थियो । उक्त भेटघाटमा राष्ट्र बैंक र रिजर्भ बैंक अफ इन्डियाका उच्चपदस्थ अधिकारीको समेत सहभागिता थियो ।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  १० : ०० बजे

सिंहदरबारमा मन्त्रिपरिषद बैठक जारी, सरकारको नीति तथा कार्यक्रम पारित गरिने

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहको आह्वानमा मन्त्रिपरिषद बैठक बसिरहेको छ ।

आजदेखि सरकारी कार्यालयमा सरसफाइ अभियान सुरु (तस्बिरहरू)

काठमाडौँ– सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउनका लागि

‘सुपर घलेम्दी’ जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नौ दशमलव १४ मेगावाट

अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थल खुल्यो (तस्बिरसहित)

काठमाडौँ– टर्किस एयरलाइन्सको जहाज अवतरणका क्रममा दुर्घटनामा परेपछि अवरुद्ध भएको

फ्रेन्च लिग वान : पीएसजी उपाधि नजिक

काठमाडौँ– फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) उपाधि