लमजुङका होमस्टेमा भरिए दसैँ-तिहार बिदा मनाउने पर्यटक  | Khabarhub Khabarhub

लमजुङका होमस्टेमा भरिए दसैँ-तिहार बिदा मनाउने पर्यटक 


२८ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

लमजुङ – लामो छुट्टीमा घुम्न जाने संस्कृति नेपालीहरूमा समेत बढ्न थालेको छ। दसैँमा हुने लामो बिदामा धेरै व्यक्तिहरू विभिन्न स्थानमा घुम्न निस्किन्छन्।

लमजुङमा पछिल्लो समय होमस्टे घुम्न गएर दसैँ मनाउने आन्तरिक पर्यटकहरूको संख्या पनि बढेको छ। दसैँ र तिहार बिदालाई धूमधामका साथ मनाउने प्रचलन बढ्न थालेपछि स्वदेशी पर्यटक पनि होमस्टे तिर लागेका छन्।

सुखी गाउँ घलेगाउँ र नेपालकै नमुना गाउँ काउलेपानीमा यतिबेला दसैँ र तिहार बिदा मनाउन आएका पर्यटकले होमस्टे नै ‘हाउसफुल’ भएको छ। बिदा मनाउनका लागि समूह-समूह बनेर आउने क्रम जारी छ, काउलेपानी पर्यटन व्यवस्थापन समितिका अध्यक्ष देबबहादुर गुरुङले भने, ‘गाउँका सवै होमस्टे घरहरु पर्यटकले भरिएका छन्।’ उनका अनुसार होमस्टेमा दसैँ मनाउनका लागी ५०/६० जना आन्तरिक पर्यटक आएका छन्।

पर्यटकको आगमन बढेसँगै होमस्टे सञ्चालकहरूको व्यस्तता पनि बढ्न थालेको होमेस्टे सञ्चालक कबिन्द्र गुरुङले बताए। “कुनै घर पनि खाली छैन हामीलाई भ्याई नभ्याई भएको छ, उनले भने, ‘राती बास बस्न नपाउनेहरू बिहान मात्रै आएका छन्।

सुखी गाउँ घलेगाउँमा पनि डेढ सय भन्दा बढी पर्यटक घलेगाउँ आएको घलेगाउँ पर्यटन व्यवस्थापन समितिका अध्यक्ष प्रेम बहादुर घलेले बताए। उनले भने दसैँ र तिहार बिदा मनाउन आएका पर्यटकले होमस्टे प्याक भएको छ।

होमस्टे, प्राकृतिक दृश्यावलोकनका लागि पर्यटकीय गाउँहरुमा पर्यटकको ओइरो लागेको हो। घलेगाउँ, काउलेपानी सहित राइनासकोट होमस्टेमा पनि पर्यटक भरिएका छन्। घलेगाउँ, काउलेपानी ,राइनासकोट होमस्टे मात्र हैन बेसीशहरको खासुर, खुदीको सिउरुङ, ताघ्रिङको छापा, घेर्मुको रकगार्डेनमा पर्यटकको ओइरो लागेको स्थानीयले बताएका छन्।

गाउँमा पर्यटकको चाप बढेर भ्याई नभ्याई भए पनि गाउँलेहरू भने खुसी भएका छन्। पर्यटकीय गाउँहरुमा कृषिसँगै पर्यटन नै मुख्य पेशा रहेको छ। पर्यटकहरूको स्वागत सत्कार गरेर नै स्थानीयले मनग्ये आम्दानी गर्ने गरेका छन्।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  १० : ३० बजे

सञ्चार नीतिबारे छलफल गर्न झापामा मिडिया सम्मेलन सुरु

झापा– नेपाल पत्रकार महासङ्घ झापा शाखाको आयोजनामा कनकाई नगरपालिकाको सुरुङ्गामा

कट्टेलचोक–आमाडाँडा सडक कालोपत्र

गोरखा– गोरखा नगरपालिकास्थित कट्टेलचोक–कट्टेलडाँडा हुँदै आमाडाँडा जोड्ने सडकखण्ड कालोपत्र गर्ने

मूर्तिकला व्यवसायबाट मनग्य आम्दानी

दाङ– कपिलवस्तु घर भएका पल्टुराम मगर अहिले मूर्तिकला व्यवसायमा छन्

कारको ठक्करबाट पत्रकार रोहिताको मृत्यु

जनकपुरधाम– कारकाे ठक्करबाट पत्रकार शिवेन्द्र रोहिताको मृत्यु भएको छ ।

बागमती प्रदेशसभामा विषयगत समितिको सभापति चयन गरिँदै

हेटौँडा– बागमती प्रदेशसभाअन्तर्गत विषयगत समितिका सभापतिको नाम चयन गरिँदै छ