‘प्रतिगामीसँग केपी ओलीले साँठगाँठ गरेका छन्’ « Khabarhub

‘प्रतिगामीसँग केपी ओलीले साँठगाँठ गरेका छन्’


२८ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङ क्षेत्र नम्बर १ का सत्ता गठबन्धनका साझा उम्मेदवार एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले प्रतिगामीसँग केपी ओलीले साँठगाँठ गरेको बताएका छन् । पाँच दलीय बाम लोकतान्त्रिक गठबन्धनद्वारा बिहिबार लमहीमा आयोजित संयुक्त कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री चौधरीले भने, ‘आज हामी विशेष परिस्थितिमा छौँ । सबै दल एक ठाउँमा आएका छौँ । नेपालको संवैधानिक सर्वोच्चता, कानुनी राज्य, समावेशी लोकतन्त्र, गणतन्त्रलाई संस्थागत गर्न फेरि पनि एक हुनुपरेको छ । २००७ सालदेखि हामी पटक पटक एक ठाउँमा आएका छौँ । मिलेरै राष्ट्रिय चुनौतीहरूको सामना गरेका छौँ । आज फेरि प्रतिगामीहरुसँग केपी ओलीले साँठगाँठ गरेर संविधानले सुनिश्चित गरेका नयाँ उपलब्धीहरू समाप्त पार्न खोजिरहेका छन् ।’ 

देउखुरीका नेता परशुनारायण चौधरी, खुम बहादुर खड्का दुवैले कसैलाई पनि काखा पाखा नगरी काम गरेको स्मरण उनले गरे । ‘समस्या राख्ने जोसुकैको काम गरिदिने उहाँहरूको अत्यन्त राम्रो बानी थियो । उहाँहरूले यो क्षेत्रलाई मात्र होइन सिंगो नेपाली कांग्रेसलाई यो स्थानमा पुर्याउन महत्वपूर्ण भूमिका खेल्नुभएको छ । विकास, निर्माण र रोजगारीका क्षेत्रमा उहाँहरूको योगदान भुल्न सकिदैन,’ मन्त्री चौधरीले भने । 

कार्यक्रममा लुम्बिनी प्रदेशका मन्त्री इन्द्रजीत थारु, माओवादी जिल्ला इन्चार्ज निर्मल गौतम, क्षेत्र नम्बर १ (ख)का उम्मेदवार अनुराग खड्का, नेपाली कांग्रेसका क्षेत्रीय सभापति भेषराज पाण्डे, एकीकृत समाजवादीका नेता रामप्रसाद गैरे लगायत गठबन्धनका नेताहरूले मन्तव्य राखेका थिए ।  

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  १२ : ३० बजे

टेलिमेडिसिन सेवा प्रभावकारी बनाउन मन्त्री मेहताको जोड

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले टेलिमेडिसिन सेवालाई

नेप्से परिसूचक ६ अंकले घट्यो

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ६.३८

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले आज अपराह्न ४ बजे मन्त्रिपरिषद्को बैठक

दसैँमा चार ठूला सिक्वेलको भिडन्त : ‘आमा २’ देखि ‘कबड्डी ५’ सम्म

काठमाडौं– नेपाली चलचित्रका लागि दसैँ सधैँ बक्स अफिसको सुनौलो समय

चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

काठमाडौं– पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र उनका निकटका केही व्यक्ति