सत्ता गठबन्धनका उम्मेदवार गाउँगाउँमा | Khabarhub Khabarhub

सत्ता गठबन्धनका उम्मेदवार गाउँगाउँमा


२८ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

तेह्रथुम– आसन्न ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा आफ्नो पक्षमा जित दिलाउन तेह्रथुममा सत्ता गठबन्धन दलका उम्मेदवार एजेन्डासहित गाउँगाउँ पुग्न थालेका छन् । जिल्ला निर्वाचन कार्यालय तेह्रथुमले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेसँगै दलहरू चुनावी अभियानमा जुट्न थालेका छन् । 

नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत सामाजवादीका जिल्ला नेतृत्वसहित गठबन्धन दलले चुनावी अभियानलाई तीव्रता दिएका हुन् । प्रतिनिधिसभामा कांग्रेसकी केन्द्रीय सदस्य सीता गुरुङ उम्मेदवार बनेकी छन् । निर्वाचन क्षेत्र (क) मा कांग्रेसका सन्तोष सुब्बा र (ख) मा माओवादी केन्द्रका दुर्गाप्रसाद चापागाईँ उम्मेदवार छन् । 

कांग्रेस केन्द्रीय सदस्य गुरुङले तेह्रथुमलाई विकास र समृद्ध बनाउन आफूले उम्मेदवारी दिएको बताइन् । ‘मैले छ थरदेखी आठराईसम्म भूगोल र त्यहाँको समस्या २०४८ सालदेखि देखेकी छु । त्यही समस्यालाई समाधानका निम्ति काम गर्दै आएकी पनि छु । मैले गरेका अधुरा र अपूरा कामलाई पूरा गर्दै समग्र तेह्रथुमको विकासका लागि मेरो उम्मेदवारी हो । जनताले दिएको मतलाई सम्मान गर्दै तेह्रथुमको विकासका निम्ति अहोरात्र खट्नेछु,’ उनले भनिन् ।

दुई नगरपालिका र चारवटा गाउँपालिका रहेको तेह्रथुममा गत निर्वाचनमा प्रतिनिधसिभा तथा प्रदेशसभामा एमालेले जितेको थियो । माओवादी केन्द्रका उम्मेदवार दुर्गाप्रसाद चापागाँईले राजनीतिक क्रान्तिलाई सम्झने मात्र हैन, आउने पुस्तालाई नयाँ मार्गदर्शन दिन आफ्नो उम्मेदवारी रहेको बताए । ‘पहाडी जिल्ला तेह्रथुम हरेक क्षेत्रले पछि परेको छ । अरु जिल्लाको तुलनमा सानो जिल्ला भएकाले थोरै मेहेनतले पनि जिल्लाको विकास गर्न सकिने भएकाले मैले उम्मेदवारी दिएको हुँ,’ उनले भने ।

म्याङलुङ नगरपालिका, लालिगुराँस नगरपालिका र छथर गाउँपालिकामा कार्यकर्ता तथा समर्थकको भेटघाट गरिसकेको गठबन्धन दलले पहिलो चरणमा जिल्लाको सबै पालिकास्तरीय भेटघाटलाई अघि सारेर चुनावी तयारीमा जुटेको जनाएको छ । राजनीतिमा धेरै विकृति र संगति रहेकाले त्यसको अन्त्य र तेह्रथुमका विकासको निम्ति चुनावी मैदानमा आएको प्रदेश निर्वाचन क्षेत्र (ख) अन्तर्गत नेपाली कांग्रेसका उम्मेद्वार सन्तोष सुब्बा बताए । तेह्रथुममा प्रतिनिधिसभा निर्वाचनका लागि १० र प्रदेशसभा निर्वाचनका लागि १६ जना चुनावी मैदानमा छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार ३५ हजार एक सय ३९ महिला र ३६ हजार ७ सय ९४ पुरुष मतदाता छन् ।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  १ : ०७ बजे

प्रहरी समायोजनको माग गर्दै सातै प्रदेशका गृहमन्त्रीले प्रधानमन्त्रीलाई बुझाए पत्र

काठमाडौं – प्रहरी समायोजनको माग गर्दै सात प्रदेशका गृहमन्त्रीले प्रधानमन्त्री

काठमाडौंमा भूकम्पको धक्का

काठमाडौं – काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प

गायकवाडको शानदार शतकमा अष्ट्रेलियालाई भारतको विशाल चुनौती

काठमाडौं – टि–२० सिरिज अन्तर्गत तेस्रो खेलमा टस हारेर ब्याटिङ

तनहुँमा अजिङ्गर फेला

दमौली –तनहुँको व्यास नगरपालिका–१४ स्थित रुम्सीमा आज अजिङ्गर फेला परेको

चन्द्रयान ४ ले चन्द्रमाको सतहबाट माटो र चट्टान पृथ्वीमा ल्याउने

नयाँ दिल्ली- भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इसरोले सञ्चालन गर्ने अर्को