पर्यटकीय गन्तव्य बन्दै हर्सिङडाँडा | Khabarhub Khabarhub

पर्यटकीय गन्तव्य बन्दै हर्सिङडाँडा


२८ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ–राष्ट्रिय विभूति भक्ति थापाले बालापनमा गाईबस्तु चराएको लमजुङ मर्स्याङ्दी गाउँपालिका वडा नं ३ हर्सिङडाँडा पर्यटकीय गन्तव्यका रुपमा विकसित हुन थालेको छ । हर्सिङडाँडामा आन्तरिक पर्यटक घुमफिर र बास बस्नसमेत आउन थालेपछि यो क्षेत्र पर्यटकीय गन्तव्यका रुपमा विकसित हुन थालेको हो । 

ऐतिहासिक एवं पर्यटकीय स्थलमा गत वर्ष दैनिक एक सयदेखि दुई सय जना पर्यटक आउने गरेको र यस वर्ष पनि वर्षा सकिनासाथ दैनिक ४० जनाको हाराहारीमा पर्यटक आउन थालेको स्थानीय पर्यटन व्यवसायी पूर्णबहादुर गुरुङले बताए । 

अब विस्तारै मौसम खुल्दै जान थालेपछि र बाटासमेत राम्रो भएकाले पर्यटकको आवागमन बढ्ने स्थानीय सुरज गुरुङले बताए । कोरोना सङ्क्रमणको दोस्रो लहरको जोखिम कम भएसँगै यस क्षेत्रमा पर्यटकको आकर्षण बढ्न थालेको हो । यस डाँडाबाट मस्र्याङ्दी गाउँपालिकाको पर्यटकीय गाउँ सिउरुङ, भुस्मे, ढंगै, घनपोखरालगायत अधिकांश ठाउँ अवलोकन गर्न सकिन्छ । त्यस्तै, दक्षिण एशियाकै नमूना घलेगाउँ डाँडा, कल्मेडाँडा, बेँसीसहर बजार, मस्र्याङ्दी नदीको नागबेली, डा हर्क पिक हिमाल, मनासलु रेन्स, बुद्ध हिमाललगायतका अवलोकन गर्न सकिन्छ ।

अब विस्तारै मौसम खुल्दै जान थालेपछि र बाटासमेत राम्रो भएकाले पर्यटकको आवागमन बढ्ने स्थानीय सुरज गुरुङले बताउनुहुन्छ । कोरोना सङ्क्रमणको दोस्रो लहरको जोखिम कम भएसँगै यस क्षेत्रमा पर्यटकको आकर्षण बढ्न थालेको हो । यस डाँडाबाट मर्स्याङ्दी गाउँपालिकाको पर्यटकीय गाउँ सिउरुङ, भुस्मे, ढंगै, घनपोखरालगायत अधिकांश ठाउँ अवलोकन गर्न सकिन्छ । त्यस्तै, दक्षिण एशियाकै नमूना घलेगाउँ डाँडा, कल्मेडाँडा, बेँसीसहर बजार, मर्स्याङ्दी नदीको नागबेली, डा हर्क पिक हिमाल, मनासलु रेन्स, बुद्ध हिमाललगायतका अवलोकन गर्न सकिन्छ । 

विसं १८०२ मा खुदीको ढंगैबेँसीमा जन्मिएका भक्ति थापाको बाल्यकाल बितेको हर्सिङडाँडामा बस्तुभाउ चराउने, छेलो हान्ने गरेका स्थानीयको भनाइ छ । ऐतिहासिक तथा पर्यटकीयस्थल हर्सिङडाँडाको संरक्षण गर्दै पर्यटकीय गन्तव्य बनाउने अभियानमा यहाँका स्थानीयदेखि सरोकारवाला एकजुट हुनुपर्ने मर्स्याङ्दी गाउँपालिका– ३ का निर्वतमान वडाध्यक्ष प्रेमबहादुर बस्नेतले बताए ।  

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  २ : २२ बजे

प्रधानमन्त्री कार्की र पूर्व राष्ट्रपति यादवबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति डा रामवरण यादवबीच

भदौ अन्तिम साताको हिंसा र देश दोहनलाई परिवर्तन ठान्नु गलत : ज्ञवाली

काठमाडौं- नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले गत भदौ अन्तिम साता

फिलिपिन्समा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या १०० भन्दा बढी पुग्यो

सेबु, फिलिपिन्स – मध्य फिलिपिन्समा आएको काल्मेगी आँधीका कारण देशभर

आम निर्वाचनपछि ब्यारेकमा फर्किने बङ्गलादेशको सेनाद्वारा घोषणा

बङ्गलादेश – बङ्गलादेशको सेनाले आगामी वर्षको शुरुमा हुने देशको १३औँ

सात दिनभित्र लिखित जवाफ पेस गर्न दलबाहेकलाई सर्वाेच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले जेनजी आन्दोलन सुरु भएको विषयमा राजनीतिक दलहरूलाई