नवौँ राष्ट्रिय खेलकुद : फुटबलमा सुदरपश्चिम प्रदेश विजयी | Khabarhub Khabarhub

नवौँ राष्ट्रिय खेलकुद : फुटबलमा सुदरपश्चिम प्रदेश विजयी


२८ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

कास्की – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलको आजको खेलमा सुदुरपश्चिम प्रदेश विजयी भएको छ । पोखरा–१९ लामाचौरस्थित गोस्तेघाट खेल मैदानमा भएको समूह ‘डी’ खेलमा सुदुरपश्चिमले कर्णाली प्रदेशमाथि ५–३ गोलको सानदार जीत निकालेको हो । प्रतिस्पर्धात्मक बनेको खेलको दोस्रो हाफमा कर्णाली सम्हालिन नसक्दा हार व्यहोर्न बाध्य भएको हो ।

खेलको ३८औँ मिनेटमा कर्णालीका करण रावतले आत्मघाती गोल गरेपछि सुदुरपश्चिम १–० को अग्रतामा रह्यो । पहिलो हाफमा १–० ले रोकिएको खेलको दोस्रो हाफमा कुल सात गोल भयो ।

खेलको ५८औँ मिनेटमा ज्ञानेन्द्र जोशीले गोल गर्दै सुदुरपश्चिमको अग्रता दोब्बर पारे । खेलको ६२औँ मिनेटमा कर्णालीका विकेश सन्तोषीले गोल गर्दै २–१ को स्थितिमा खेल पु¥याए।

दोस्रो हाफको ७७औँ मिनेटमा कुवेर सिंहले गोल गर्दै ३–१ बनाएपछि कर्णाली दबाबमा परेको थियो । खेलमा ८४औँ मिनेटमा कर्णलीका विकेशले व्यक्तिगत दोस्रो गोल गर्दै ३–२ को स्थितिमा खेल पु¥याउँदै टोलीलाई खेलमा फर्काउने प्रयास गरेका थिए।

त्यसको दुई मिनेट पश्चात सुदुरका शसाङ्क बोहोराले गोल गर्दै अन्तर फराकिलो बनाए । खेलको ९४औँ मिनेटमा दिरेन्द्र शाहले गोल गर्दै जीत निश्चित गराए । त्यसको एक मिनेटपछि कर्णालीका विकेशले पेनाल्टीमा गोल गर्दै ह्याट्रिक पूरा गरे पनि टोलीलाई जीत दिलाउन सकेनन् ।

प्रतियोगिता अन्तरगत शनिबार दुई खेल हुनेछन् । समूह ‘बी’ अन्तरगत मधेश प्रदेश र ससस्त्र प्रहरी बलको एपिएफ क्लबबीच पहिलो तथा समूह ‘ए’ अन्तरगत प्रदेश–१ र गण्डकी प्रदेशबीच दोस्रो खेल हुने खेल तालिका छ ।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  ८ : ३६ बजे

राष्ट्रका नाममा मोदीको सम्बोधन : भारतले पाकिस्तानलाई कडा जवाफ दिएको छ

नयाँ दिल्ली— भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार राष्ट्रका नाम सम्बोधन

पूर्वी नवलपरासीको चोरमारामा पुल भाँचियो, पूर्व–पश्चिम राजमार्ग ठप्प

काठमाडौं – नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गत चोरमाराको पुल भाँचिएको छ ।

कञ्चनजङ्घा आरोहणका क्रममा फ्रान्सेली नागरिकको मृत्यु

ताप्लेजुङ । कञ्चनजङ्घा हिमाल आरोहणका क्रममा एक फ्रान्सेली नागरिकको मृत्यु

उपप्रधानमन्त्री सिंहले भने : देश स्थिरतासहित समृद्धितर्फ अघि बढेकाे छ

नुवाकोट – उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले शिक्षाको विकासबाट

समाजवादी गणतन्त्र निर्माणमा साथ दिन अध्यक्ष प्रचण्डको आग्रह

सुर्खेत – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल