खेलकुद विकासको पहिलो शर्त पूर्वाधारको विकास : उपराष्ट्रपति « Khabarhub

खेलकुद विकासको पहिलो शर्त पूर्वाधारको विकास : उपराष्ट्रपति


२८ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उपराष्ट्रपति नन्दबहादुर पुनले खेलकुद विकासको पहिलो शर्त पूर्वाधार विकास भएको बताएका छन् ।

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आज पोखरामा उद्घाटन गर्दै उनले यस क्षेत्रमा राज्यको लगानी वृद्धि गर्नुपर्नेमा जोड दिँदै पूर्वाधार निर्माणमा अपेक्षाकृत प्रगति नदेखिएको बताएका छन्।

‘वर्षौँअघि निर्माण सुरु गरिएका खेलकुद पूर्वाधारहरु अझै अलपत्र छन् । खेलाडीहरुले कमजोर पूर्वाधारमा अभ्यास र प्रतिस्पर्धा गर्नु परिरहेको छ’, उनले भने, ‘सरकारले यस क्षेत्रमा अपेक्षाकृत लगानी वृद्धि गर्न सकिरहेको छैन ।’

सरकार, राखेप, खेल सम्बद्ध सङ्घ संस्था, खेलाडी र सरोकारवाला सबैले संकल्प गर्नुपर्ने बताउँदै उनले भने, ‘हामी संकल्प गरौँ । खेलकुदमा लगानी वृद्धि गर्नेछौँ, सुविधायुक्त पूर्वाधार निर्माणमा ढिलाइ गर्ने छैनौँ, खेलाडी र प्रशिक्षकको समस्या समाधान गर्ने छौँ, राष्ट्रलाई सर्वोपरीमा राखेर खेल प्रदर्शन गर्ने छौैँ । किनकी साझा प्रयासबिना यसको विकास कठिन हुन्छ ।’

राष्ट्रिय खेलकुद खेलाडी, सम्बद्ध पदाधिकारी र समर्थकका लागि यो ठूलो महोत्सव भएको उल्लेख गर्दै उपराष्ट्रपति पुनले ४१ वर्षअघि भएको राष्ट्रिय खेलकुदको प्रथम संस्करणबाट यहाँसम्म आइपुग्दा नेपाली खेलकुदले थुप्रै उतारचढावहरु पार गरेको बताए । वर्तमानमा आइपुग्दा थुप्रै किर्तिमान बनेको, अवसर सिर्जना भएका, चुनौतीहरु पन्छिदै गएका र सम्भावनाहरु देखिएको बताउँदै उनले भौतिक पूर्वाधार निर्माण हुँदै गएको र राष्ट्रिय खेलकुद आयोजना हुने सहरले आफूलाई फेर्ने अवसर पाएको बताए ।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  १० : १९ बजे

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन